- काठमाडौं ,असोज २४ गते सनिवार ।।
- जनप्रभाब – सम्बादाता
भरतराज पौड्याल परराष्ट्र सचिवमा नियुक्त हुनुभएकाे छ । मन्त्रिपरिषद्को बैठकले रिक्त रहेकाे परराष्ट्र मन्त्रालयकाे सचिव पदमा पाैड्याललाई नियुक्त गरेकाे हाे ।
यसअघि परराष्ट्र सचिव रहेका शंकरदास बैरागीलाई सरकारले मुख्य सचिव बनाएपछि उक्त पद रिक्त बनेकाे थियो । परराष्ट्र मन्त्रालयमा प्रवक्ताकाे जिम्मेवारी समेत सम्हाल्दै आउनुभएका पौड्याल वरिष्ठताकाे आधारमा सचिव नियुक्त हुनुभएकाे मन्त्रालय स्राेतले जनाएकाे छ । यसअघि उहाँ मन्त्रालयमा सबैभन्दा सिनियर सह-सचिव हुनुहुन्थ्याे । परराष्ट सचिवमा अन्य दुइ जनाकाे पनि नाम अगाडि आएकाे थियाे, जसमा सेवा लम्साल र अमृतकुमार राईकाे नाम थियाे ।
तर सरकारले वरिष्ठतालाई नै आधार मानेर पौड्याललाई सचिव नियुक्त गरेको हो । पाैड्यालले यसअघि पाकिस्तानका लागि नेपाली राजदूतको रुपमा समेत काम गर्नुभएकाे छ । साथै उहाँले परराष्ट्र मन्त्रालयमा लामो समयदेखि विभिन्न महाशाखा र नियोगहरुमा रहेर काम गरेकाे अनुभव छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !