- लहान ,असोज २३ गते शुक्रबार ।।
- जनप्रभाब – सम्बादाता
नजिएको दशैं, तिहार र छठ चाडपर्वलाई लक्षित गर्दै राजधानीमा हुने विभिन्न अपराध नियन्त्रण गर्न प्रहरीले लागू गरेको विशेष सुरक्षा योजनालाई प्रभावकारी रुपमा कार्यान्वयन भइरहेको प्रहरीले जनाएको छ ।
ईलाका प्रहरी कार्यालय लहान ( क ) का प्रमुख प्रहरी नायब उपरीक्षक ( डिएसपी ) शरत कुमार थापा क्षेत्रीले आमसर्वसाधारणको जिउधनको सुरक्षाका लागी सबै प्रकारको सुरक्षा योजना लागू गरेको जनाएको हो ।
दशैंमा सुरक्षाको लागि प्रहरीको क्विक रेस्पोन्स टिम (क्युआरटी) र साइकलमा समेत प्रहरी परिचालन गरिएको छ । मोटरसाइकल गस्ती, साइकल गस्तीका साथै विभिन्न स्थानमा विभिन्न सुरक्षा पोस्ट खडा गरी सुरक्षा व्यवस्था मिलाएको डिएसपी थापाले जानकारी दिए ।
भित्रिने र बाहिरिने नाकामा प्रहरीको बिशेष सुरक्षा व्यवस्था मिलाईएको उनले बताए ।
प्रहरीले आफ्नो घरको डेरामा बसेका व्यक्ति तथा काम गर्ने व्यक्तिको नाम, थर र फोटोसहितको विवरण राख्न, रातको समयमा आफ्नो घर, टोलमा होहल्ला गरी हिँड्ने तथा शंकास्पद व्यक्तिहरुको गतिविधि देखेमा प्रहरीमा तुरुन्तै खबर पनि आग्रह गरेको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !