- लामजुङ, असोज २३ गते शुक्रबार ।।
- जनप्रभाब – सम्बादाता
लमजुङ प्रहरीले चाडपर्व लक्षित विशेष सुरक्षा योजना तयार गरि लागु गरेको छ ।
चाडपर्वका वेला हुने सक्ने अपराधिक गतिविधि रोकथाम तथा नियन्त्रणका लागि जिल्ला प्रहरी कार्यालयले दशैं, तिहार र छठ पर्वलाई लक्षित गरि विशेष सुरक्षा योजना २०७७ लागु गरेको हो ।
कोरोना संक्रमण जोखिम कायमै रहेको अवस्थामा कोभिड १९ सम्वन्धमा आम नागरिकलाई सचेत गराउदै कुनै पनि किसिमको अप्रिय घटना हुन नदिन र घटना घटी हाले तुरुन्त प्रहरी परिचालनका लागि विशेष सुरक्षा योजना लागु गरिएको लमजुङका प्रहरी प्रमुख एवं प्रहरी नायव उपरिक्षक ( डिएसपी ) गंगावहादर थापाले वताउनुभयो ।
जिल्लामा ३ सय ८२ दरवन्दि रहेकोमा अहिले ३ सय ३२ सुरक्षा कर्मी कार्यरत रहेको प्रहरी नायव उपरिक्षक थापाले वताउनुभयो । चाडपर्वका समयमा जिल्लामा कार्यरत सवै जनशक्तिलाई परिचालन गरिएको छ । मोवाइल गस्ति, राजमार्ग सुरक्षा तथा अनुगम गस्ती, मोटरसाइकल गस्ती, पैदल गस्ती, पिकेट डिउटी चेक प्वाइन्ट, सादा पोशाकमा सुचना संकलनमा खटाइएको प्रनाउ थापाले वताउुनभयो ।
यसैगरी जिल्ला प्रहरी कार्यलय लमजुङले आउदै गरेको चाडपर्वलाई लक्षित गरी यात्रु सहयता कक्ष स्थापना गरेको छ ।चाडपर्वको समयमा मानिसहरुको धेरै भिडभाड हुनुका साथै चारी , डकैती, तथा यात्रुलाई असुरक्षा हुने सक्ने भन्दै यात्रु हेल्प डेक्स स्थापना गरेको हो ।
प्रहरी प्रमुख एवं डिएसपि गंगा वहादुर थापाका अनुसार वेसीशहर वजार क्षेत्रको मनाङ्गेचौतारा चोक, सेरा चोक, सँगै जिल्लाका पाखुरी चोक, खत्रिठाँटी, धमिलिकुवा, खुदी, दुईपिल्ले र पाउँदी गरी आठ स्थानमा यात्रु सहायता कक्ष स्थापना गरिएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !