- सिरहा,असोज २३ गते शुक्रबार ।।
- जनप्रभाब – सम्बादाता
निर्वाचनका बेला मात्र गाउँमा नेता आउँछन् भन्ने मान्यता भर्खरै सम्पन्न स्थानीय तहको निर्वाचनपछि तोडिएको छ । स्थानीय तहको निर्वाचन हार्ने नेताहरु समेत आफ्नो मतदातासामु पुगेर मतदातालाई धन्यवाद दिइरेहका छन् ।
त्यस्तै नेताको अग्रपंक्तिमा जसपाका नवराजपुर गाउँपालिकाका अध्यक्ष एवं अध्यक्ष नवराजपुर गाउँपालिकाका उम्मेदवार शिवउदगार यादव ( सिवा ) एक हुन् । अहिले नेता यादव गाउँ-गाउँ / टोल – टोल पुगेर आफ्ना मतदातालाई मतदान गरेकोमा धन्यवाद दिंदै अगामी दिनमा अझ बढि नवराजपुर गाउँपालिकाको विकासमा योगदान दिने बताइरहेका छन् ।

गत बैशाख ३१ गते भएको निर्वाचनपछि नयां मान्यताको सुरुवात भएकोमा मतदाता समेत खुखि भएका छन् । विगतमा भोट माग्न जनताको घरआँगनमा पुगेका नेता कार्यकर्ता जितेपछि सादयदै मात्र जनताको घरदैलोमा भेटिन्थे । तर अहिले हारेका नेताहरु पनि जनताको बीचमा पुगेर आफुले प्राप्त गरेको मतको कदर गर्न गाउँमा फर्किने संस्कारको सुवात भएको छ ।
नेता सिवा मतदातालाई धन्यावाद दिन निर्वाचन हारेर पनि पुनः गाउँ फर्किएका छन् । निर्वाचन हारेर पनि मतदाताको घरआंगनमा पुगेर धन्यवाद दिन थालेपछि प्रायजसो मतदाता अचम्मित छन् । त्यसो त, उनीहरुले हारेर पनि आएको भन्दै खुसि पनि व्यक्त गर्दै हारेकोमा दुखित देखिन्छन् ।
मतदाताको घरआंगनमा डुल्न व्यक्त रहेका नेता यादव भन्छन्, ‘निर्वाचनको परिणाम जस्तोसुकै भएपनि यो निर्वाचनमा मलाई मत दिने र मन दिने सम्पूर्ण मतदाताहरुलार्इ धन्यवाद ।’ उनले भर्खरै अर्थात गा.पा.को विभिन्न गाउँमा धन्यवाद कार्यक्रम सम्पन्न गरे ।

उनले आफूले निर्वाचन हारे पनि जनताकै बिचमा रहने र जनताको सुखदुःखमा संधै साथ दिने बताए । ‘सुन्दर नवराजपुर, समृद्ध नवराजपुर’ अभियानमा थप सक्रिय भयर लाग्ने समेत जानकारी गराए । यसैगरी, नेता शिवउदगार यादबले नवराजपुर गा.पा.-१ भगवतीपुर गाउँ भ्रमण गरेर हरेक जनताको समस्या बुझेको छ । हरेक बस्तीमा गएर समस्या बुझेको छ । खास गरेर भगवतीपुर गाउँको मुसहर बस्तीमा जनतालाइ पानी खाने कल समेत नभएको गुनासो गरेको छ नेताले तत्कालीन दु:ख पोख्दै पहलको लागि प्रतीक्षा गर्नुभयो । आखिर काङ्ग्रेसको गाउँपालिका अध्यक्षको के काम जस्ले भ्रष्टाचार बहेक जनताको दुख कहिले बुझेको छैन ।


















