त्यस्तै अपराध गर्दा पनि केही नहुने रहेछ भन्ने भावनाको विकास उनीहरुमा हुने भएकोले सामाजिक विकृति बढ्न सक्छ,’ उनले भने, ‘ कानुनी राज्यको अनुभूति दिलाउन र समाजमा शान्ति सुव्यवस्था कायम राख्न पनि फारार अभियुक्तलाई पक्राउ गर्न अभियान नै चलाउने गरेका छौं, यसमा बाँके प्रहरी सफल पनि देखिएको छ ।’
- बाँके , असोज २३ गते शुक्रबार ।।
- जनप्रभाब – सम्बादाता
जिल्ला प्रहरी कार्यालय बाँकेको प्रमुखमा अहिले प्रहरी उपरीक्षक (एसपी) ओमबहादुर राना छन । उनले बाँके प्रहरी प्रमुखको जिम्मेवारी सम्हालेको साढे तीन महिना पुगेको छ । गत असार ५ गते उनी जिल्ला प्रहरी कार्यालय बाँकेको प्रहरी प्रमुखका रुपमा सरुवा भईआएका थिए । उनको कमान्डमा रहेको बाँके प्रहरीलाई अहिले एकपछि अर्को सफलता मिल्दै गएको छ ।
एसपी रानाले बाँकेको यो साढे तीन महिने कार्यकालमा अत्यन्तै महत्वपूर्ण कार्यहरु सम्पन्न गरेका छन । एसपी रानाको कमान्डमा रहेको बाँके प्रहरीले यो साढे तीन महिने अबधिमा विभिन्न अपराधमा संलग्न ठूला मोष्ट वान्टेड अपराधीदेखि लिएर विभिन्न मुद्दामा फरार रहेका अभियुक्तहरुलाई पक्राउ गर्न सफल भएको छ ।
राना जिल्लामा हाजिर भएको चार दिन भित्रै बिगत १० बर्ष पहिला सशस्त्र भूमिगत समूह तराई जनतन्त्रिक मुक्ति मोर्चा ९ज्वाला सिंह० मा आवद्ध रही जिल्लामा हत्या, अपहरण, ज्यान मार्ने उद्योग, बम बिस्फोट तथा फिरौती रकम माग गर्ने जस्ता विभिन्न आधा दर्जन धेरै अपराधमा संलग्न रही फरार रहेका मोष्ट वान्टेड डुडुवा गाउँपालिका ३ का धर्मा सिंह भन्ने राजेश यादवलाई प्रहरीले असार ८ गते पक्राउ गर्न सफल भएको थियो ।
त्यसैगरी, प्रहरीले सवारी ज्यान मुद्दा दर्ता भई फरार रहेका, बम विष्पोटक मुद्दामा फरार रहेका, जबर्जस्ति करणी उद्योग मुद्दामा फरार रहेका, ज्यान मार्ने उद्योग मुद्दामा फरार रहेका, नागरिकता किर्ते मुद्दाका फरार, लागू औषध ब्राउन सुगर कारोबारी र प्रयोगकर्ता, जालसाझि मुद्दाका फरार, गौबध, अपहरण, शरिर बन्धक र आर्थिक लाभ मुद्दाका फरार दर्जनौं प्रतिवादीहरु पक्राउ गरेको छ ।
सोमबार मात्रै बाँके प्रहरीले मान्छे मारेर फरार भएका एक अपराधीलाई ७ बर्षपछि पक्राउ गरेको छ । साबिकको उढरापुर गाबिस वडा नं। ९ का २० बर्षिय गोलु चमारलाई २०७० साल असोज १ गते हत्या गरी फरार रहेका साविक उढरापुर गा।वि।स। वडा नं। ६ हाल खजुरा गाउँपालिका वडा नं। ६ का २८ बर्षिय बब्लु वेहना भन्ने रहमत अलीलाई प्रहरीले ७ बर्षपछि सोमबार पक्राउ गर्न सफल भएको हो ।
एसपी राना बाँकेमा हाजिर भएको असार ५ गतेदेखि असोज १९ गते सम्मको यो साढे तीन महिने अवधिमा ज्यान मार्ने उद्योग, कर्तव्य ज्यान, लागू औषध, जबर्जस्ति करणी लगायतका मुद्दामा फरार रहेका लगायतका ३६१ अपराधी पक्राउ परेका छन । उनिहरुबाट ११ लाख ६८ हजार ५ सय ८६ रुपैयाँ जरिवाना प्रहरीले असुल गराएको छ । उनिहरु सबैको कैद सजाय ९८ बर्ष २ महिना २० दिन रहेको बाँके प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार गत आर्थिक वर्ष २०७६/०७७ को एक वर्ष अबधिमा ५४ जना फरार अपराधी पक्राउ गरिएकोमा चालु आर्थिक वर्ष २०७७/०७८ को यो अवधिमा ३६१ जना फरार अपराधी पक्राउ परेका हुन ।
न्यायपालिकाले गरेको निर्णय कार्यान्वयन भएन भने नागरिकले न्यायापालिकामा माथिनै विश्वास नगर्न सक्छन्, अर्कोतर्फ अदालतले दोषी ठहर गरेका अपराधी समाजमा रहँदा आफूले गरेको सजाय कार्यान्वयन नहुँदा राज्य कमजोर छ भन्ने बुझिन्छ । व्यवस्था नै फितलो हुन जान्छ । त्यस्तै अपराध गर्दा पनि केही नहुने रहेछ भन्ने भावनाको विकास उनीहरुमा हुने भएकोले सामाजिक विकृति बढ्न सक्छ,’ उनले भने, ‘ कानुनी राज्यको अनुभूति दिलाउन र समाजमा शान्ति सुव्यवस्था कायम राख्न पनि फारार अभियुक्तलाई पक्राउ गर्न अभियान नै चलाउने गरेका छौं, यसमा बाँके प्रहरी सफल पनि देखिएको छ ।’
फेसबुकबाट तपाईको प्रतिक्रिया !