- काठमाडौं ,असोज २२ गते बिहीबार ।।
- जनप्रभाब – सम्बादाता
नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५९० पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १२ जनाको मृत्यु भएसँगै संख्या ५ सय ९० पुगेको हो । मन्त्रालयको विवरण अनुसार प्रदेश १ को सुनसरीमा ३९ वर्षीय पुरुषको मृत्यु भएको छ ।
यस्तै, प्रदेश २ को धनुषामा ७० वर्षीय पुरुषले ज्यान गुमाएका छन् । कोरोनाबाट वागमती प्रदेशको काठमाडौंमा ७९ वर्षीया महिला, ५८ र ९१ वर्षीय पुरुषको मृत्यु भएको छ ।
यस्तै, ललितपुरको ७३ वर्षीय महिला, भक्तपुरमा ८२ वर्षीया महिलाको मृत्यु भएको छ । उता, चितवनका ८१, ८१ र ९२ वर्षीय पुरुषको मृत्यु भएको छ ।
यस्तै, गण्डकी प्रदेशको कास्कीमा ८३ वर्षीय पुरुष र कर्णाली प्रदेशको सुर्खेतमा ८२ वर्षीया महिलाको मृत्यु भएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !