- पर्सा,असोज २१ गते बुधबार ।।
- जनप्रभाब – सम्बादाता
पर्सा प्रहरीले आठ किलो अफिमसहित एक जनालाई पक्राउ गरेको छ। मंगलबार राति पर्सा कालिमाई गाउँपालिका-१ का २९ वर्षीय खोवारी प्रसादलाई प्रहरीले पक्राउ गरेको हो।
इलाका प्रहरी कार्यालय पोखरियाबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको हो। अफिम उनले भारत लैजान खोजेका थिए। प्रहरी उपरीक्षक गंगा पन्तका अनुसार सो अफिम मकवानपुरबाट ल्याइएको प्रारम्भिक अनुसन्धानमा खुलेको छ ।
मकवानपुरबाट पर्सा, बारा हुँदै गाँजा र अफिम भारततर्फ तस्करी अत्यधिक हुँदै आएको छ। इलाका प्रहरी कार्यालयको जिम्मेवारी सम्हालेको ३ दिनमा नै प्रहरी निरिक्षक दीपक थापाले आठ किलो अफिमसहित एक जनालाई पक्राउ गरेका हुन्।
फेसबुकबाट तपाईको प्रतिक्रिया !