नदिजन्य पदार्थ उत्खनन पुर्ण रुपमा रोक्ने
- गोर्खा ,असोज २१ गते बुधबार ।।
- जनप्रभाब – सम्बादाता
जिल्ला प्रहरी कार्यालय गोर्खाका प्रमुख प्रहरी उपरीक्षक(एसपी) सुरेन्द्रबहादुर गुरूङ यतिखेर जिल्लामा अपराध नियन्त्रण देखि फरार अभियुक्त पक्राउ र नदिजन्य पदार्थ उत्खनन रोक्ने अभियानमा लागेका छन्।
तीन महिना अघि सरूवा भई गोर्खाको कमाण्ड सम्हालेका गुरूङले विभिन्न मुद्दामा फरार रहेका ४२ जना पक्राउ गरेको छ। सार्वजनिक अपराध मुद्दाका अभियुक्त २६ जना,सवारी ज्यान मुद्दाका अभियुक्त ३ जना बहु बिवाह मुद्दाका अभियुक्त १ जना जारी मुद्दाका अभियुक्त १ जना, जालसाजी मुद्दाका अभियुक्त १ जना, गाली बेज्जती मुद्दाका अभियुक्त १ जना,भवितव्य ज्यान मुद्दाका अभियुक्त १ जना,चोरी मुद्दाका अभियुक्त ७ जना,वन मुद्दाका अभियुक्त १ जना पक्राउ गरेको छ।
त्यस्तै नदीजन्य पदार्थ उत्खनन ओसार-पसार गर्ने १६ वटा सवारीसाधन समाति ३ लाख २० हजार जरिवाना गरेको छ। जिल्लाको विभिन्न ठाउँमा ९७ हजार ७५ बोटहरू फडानी गरेको छ। प्रहरी संगठनमा भित्र अनुसन्धानमा निकै अब्बल मानिने एसपी गुरूङ शान्ति सुरक्षाका योजनाले गर्दा पनि जिल्लामा चर्चामा छन्।एसपी गुरूङले काठ तस्कर र लागु औषध करोबारीलाई नियन्त्रण गर्नको लागि जिल्ला प्रहरी कार्यालय लगायत यस मातहतका यूनिट लागेको बताए।
चाडपर्वको समयमा चोरी, लुटपाट, झगडा, जुवातास जस्ता अपराधिक घटना धेरै हुने भएकाले उच्च सर्तकता अपनाएको एसपी गुरूङले जानकारी दिए।
फेसबुकबाट तपाईको प्रतिक्रिया !