- काठमाडौं ,असोज २० गते मंगलवार ।।
- जनप्रभाब – सम्बादाता
दशैं नजिकिएसँगै देशभरीका बजारमा पठाउन ठीक्क पारेका म्याद नाघेका खाद्य सामग्री बरामद भएको छ । महाराजगञ्ज क्षेत्रबाट प्रहरीले ठूलो मात्रामा म्याद नाघेका खाद्य सामग्री बरामद गरेको हो।
प्रहरीले छापा मारेर ठूलो मात्रामा खाद्य सामग्री बरामद गरेको जनाएको छ । बरामद सामग्रीको मुचल्का उठाइसकेपछि प्रहरीले सार्वजनिक गर्ने तयारी गरेको छ।
यसअघि विशाल ग्रुपको गोदान र अन्य एक गोदाममा प्रहरीले ठूलो मात्रामा म्याद नाघेका खाद्य सामाग्री बरामद गरेको थियो। महानगरीय प्रहरी अपराध महाशाखाले म्याद नाघेका खाद्य सामग्रीसहित ८ जना र परिसरको टोलीले ठूलो मात्रामा म्याद नाघेका खाद्य सामग्रीसहित ७ जनालाई पक्राउ गरेको थियो। उनीहरुलाई कारबाहीका लागि वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग बबरमहल पठाइएको छ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !