- काठमाडौं ,असोज २० गते मंगलवार ।।
- जनप्रभाब – सम्बादाता
विशेष अदालतमा गुण्डा नाइके ‘हेलिकोप्टर बले’ भनेर चिनिने बलराम सापकोटा र उनकी श्रीमतिबिरुद्ध सम्पत्ति शुद्धीकरण मुद्दा दायर भएको छ । सम्पत्ति शुद्धीकरण विभागले उनीहरु बिरुद्ध आज १९ करोड ५५ लाख बराबरको सम्पत्ति शुद्धीकरणको मुद्दा दायर गरेको हो ।
बलेलाई केहीसमयअघि जुवाखालबाट प्रहरीले पक्राृ गरेको थियो । उनी काभ्रेका स्थायी बासिन्दा भएपनि हाल काठमाडौंका लाजिम्पाट बस्दै आएका थिए । जुवाखालबाट पक्राउ परेका उनलाई अनून्धानका क्रममा स्रोत नखुलेको करोडौं बराबरको सम्पती उनको नाममा फेला परेपछि शुद्धीकरण विभागले मुद्धा हालेको हो ।
श्रीमान श्रीमतिका बिरुद्ध बिगो अनूसारकै जरिवाना असुल्न माग दावी गरिएको छ । बलेको नाममा नेपाल इन्भेष्टमेन्ट बैंकमा रहेको ३ लाख १६ हजार नगदसहित ४ लाख ५५ हजार नगद, ४१ लाख पर्ने गाडी, झापाका विभिन्न ठाउँमा जग्गा, पन्चकन्या हाउजिङ, भेगास सिटी र एम्पिल फ्लाइटमा पनि करोडौंको सेयर लगानी रहेको खुलेको छ ।
त्यस्तै विभागले बलेकी श्रीमती सिर्जना कक्षपतिविरुद्ध पनि २ करोड ५५ लाखको सम्पत्ति शुद्धीकरणको मुद्दा दर्ता गरेको छ । उनीहरुको नामा भएको सम्पूर्ण सम्पती स्रोत नखुलेकाले जफत गर्न माग गर्दै मुद्धा दायर भएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !