- सिरहा ,असोज १८ गते आइतबार ।।
- जनप्रभाब – सम्बादाता
बिपदबाट हुने क्षति न्यूनीकरण गर्न सखुवानन्कारकट्टी गाउँपालिकाले पुर्व तयारी गरिरहेको छ ।
अब केहि महिना पछि जाडोयाम सुरुहुने भएकोले तराईमा शितलहर जस्ता जोखिम आउन सक्ने सम्भावना भएको हुँदा त्यसबाट जोगिन गाउँपालिकाले तयारी गरिरहेको सिरहाको सखुवानान्कारट्टि गाउँपालिकाका प्रमुख अध्यक्ष केदारनाथ यादवले जानकारी दिनुयो ।
कोरोना भाइरस महामारी, बाढी, आगलागी जस्ता अन्य अपत्तकालिन जोखिमबाट कसरी बच्न सकिन्छ भन्ने बिषयमा कार्यपालिकाका सम्पुर्ण सदस्यहरुलाई आज आइतबार गाउँपालिकामा औपचारिक कार्यक्रमको आयोजना गरी एक दिने प्रशिक्षण राखिएको गापाका अध्यक्ष यादवले बताए ।
स्थानीय स्रोत साधनको प्रयोग गरि जोखिम न्यूनीकरण गर्ने विधिहरुको बारेमा सशस्त्र प्रहरी बल ७ नम्बर गण सिरहाका सशस्त्र प्रहरी नायब उपरीक्षक ( डिएसपी ) बिनोद थापा र कोशिका परामर्श सेवा प्राली काठमाडौँका प्रतिनिधि श्याम प्रसाद ढकालले सहजीकरण गरेका थिए ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !