- सिरहा ,असोज १८ गते आइतबार ।।
- जनप्रभाब – आलोक यादव
२ नम्बर प्रहरी प्रहरी कार्यालय जनकपुरधामका प्रमुख प्रहरी नायब माहानिरीक्षक ( डिआइजी ) धिरज प्रताप सिंहको ठुलो सफलता । सिरहामा बलात्कारको घटना गाउँमै मिलाउने ८ पञ्चलाई प्रहरीले पक्राउ गरेको छ ।
सिरहाको बिष्णुपुर गाउँपालिका वडा नं. १ स्थित गत असोज १२ गते अन्दाजी ५ बजेको समयमा भएको बलात्कार प्रकरणमा गाउँका पँचहरुले ५ लाख रुपैयाँ जरिबाना तोकेर मिलाएको भन्दै २ नम्बर प्रदेश प्रहरी कार्यालय जनकपुरधाम र जिल्ला प्रहरी कार्यालय सिरहाको सन्युक्त प्रहरी टोलिले पञ्चहरुलाई पक्राउ गरेको हो ।
सोही स्थान बस्ने स्थानीय सिँघेश्वर साहको २० वर्षीय छोरा मुकेशकुमार साहले सोही ठाउँकी एक किशोरीलाई घरमा पसेर बलात्कार गरेको तथा सो घटनालाई गाउँमै मिलाउने उक्त पञ्चहरुलाई पक्राउ २ नम्बर प्रदेश प्रहरी कार्यालय जनकपुरधामका प्रबक्ता एवम् सूचना अधिकारी यज्ञ बिनोद पोखरेलले जानकारी दिए ।
घटनामा सिराहको बिष्णुपुर गाउँपालिका-१ बिष्णुपुर बस्ने ५२ वर्षीय सिंहेश्वर साह सोही ठाउँ बस्ने २२ वर्षीय अरविन्दकुमार साह, ४५ वर्षीय शत्रुधन साह,४७ वर्षीय राजकुमार साहलाई पक्राउ गरेको एसएसपी पोखरेलले बताए ।
त्यस्तै सोही ठाउँका ४२ वर्षीय राम उदगार यादव, ६१ वर्षीय जगविर यादव, ४८ वर्षीय राजकुमार यादव र ३५ वर्षीय रौदि भन्ने श्याम सुन्दर यादवलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।
किशोरीलाई बलात्कार गरेको भन्दै रिस आवेगमा आएर किशोरीकी भाईले उनलाई नै कुटपिट गरी घाईते बनाएपछि घटना बाहिर आएको थियो । पीडित किशोरीलाई उपचारको लागि आफन्तहरुले स्थानीय क्लिनिकमा सामान्य उपचार गराई थप उपचारको लागी बिराटनगरस्थित बिराट नर्सिङ होम बिराटनगरमा लगी उपचार गराएको थियो ।
असोज १६ गते शुक्रबार गाउँ फर्कि आउँदा उक्त घटना गाउँ घरमै मिलाउन भनि गाँउमा नै पञ्चायत बसी पीडकको आफन्तसंग तमसुक कागज समेत गराई उक्त कागज जगविर यादवको जिम्मा राखिएको थियो । जगविर यादवको घर कोठा खानतलासी गर्दा उक्त घटना गाउँमै मिलाउन भनि गरेको धनि राम गुलाम यादव, ऋणि सिंहेश्वर साह र धनि लक्षुमण यादव ऋणि शत्रुधन साह भई ५ लाखको तमसुक कागज समेत कानून बमोजिम बरामद भएको एसएसपी पोखरेलको भनाइ छ ।
पक्राउ परेका सबै पञ्चमाथि थप अनुसन्धान भइरहेको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !