Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

सुक्खा बन्दरगाहमा सम्झौताविपरीत शुल्क लिंदै आएको खुलासा

  • बिरगंज ,असोज १८ गते आइतबार ।।
  • जनप्रभाब – सम्बादाता

सुक्खा बन्दरगाह सञ्चालनको जिम्मा लिएको कम्पनीले सम्झौताविपरीत काम गरेको भन्दै नेपाल इन्टरमोडल यातायात विकास समिति (एनआईटीडीबी) ले स्पष्टीकरण सोधेको छ ।

एनआईटीडीबीले बन्दरगाह सञ्चालक प्रिस्टाइन भ्याली ड्राइपोर्ट प्रालिसँग स्पष्टीकरण मागेको हो ।
बन्दरगाहमा आयातकर्ताले टर्मिनल सेवा शुल्क (टीएससी) र मजदूरलाई बेग्लाबेग्लै रकम तिरेको पाइएपछि प्रिस्टाइनलाई स्पष्टीकरण सोधिएको एनआईटीडीबीका निर्देशक हेमेन्द्रमोहन शाहीले जानकारी दिनु भयो ।

स्थलगत निरीक्षण गर्दा प्रिस्टाइनले सेवाग्राहीसित सम्झौताविपरीत शुल्क लिएको भेटिएको दाबी निर्देशक शाहीले गरे । बन्दरगाहको नियामक निकाय एनआईटीडीबी र प्रिस्टाइनबीच ठेक्का सम्झौतामा बन्दरगाह सञ्चालकले सेवाग्राहीसित टीएससीबाहेक कुनै पनि शुल्क लिन नपाइने शर्त छ । तर, बोराबन्द कार्गो (बीसीएन) तर्फका सेवाग्राहीले बन्दरगाह सञ्चालक र लोडअनलोडका मजदूर दुवैलाई रकम तिरेको भेटिएको शाहीले जानकारी दिए ।

‘सेवाग्राही टीएससी र लोडअनलोडका लागि मजदूरलाई बेग्लाबेग्लै रकम तिर्न बाध्य भएको पाइयो । प्रिस्टाइनले तोकिएअनुसार शुल्क लिएपछि आयातकर्ताले अन्यलाई रकम तिर्नु पर्दैन,’ उनले भने ।

ठेक्का सम्झौताअनुसार सञ्चालकले बीसीएन कार्गोतर्फ प्रतिमेट्रिकटन रू. २४६ शुल्क लिन पाउँछ । सेवाग्राहीले यो रकम बन्दरगाह सञ्चालकलाई बुझाएपछि बन्दरगाहमा कार्गो व्यवस्थापनबापतको कुनै पनि रकम तिर्नु पर्दैन ।

बन्दरगाहमा सेवाग्राहीले सञ्चालक र मजदूरलाई बेग्लाबेग्लै रकम बुझाउनुपरेको वीरगञ्ज उद्योग वाणिज्य संघका महासचिव माधव राजपालले बताए ।

प्रिस्टाइनले बन्दरगाह चलाउने जिम्मा लिएलगत्तै यसअघि आयातकर्ताले बन्दरगाहमा पाउने निःशुल्क समय घटाइदिएको थियो । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले हस्तक्षेप गरेर पूर्ववत् व्यवस्था कायम गराएको थियो ।

बन्दरगाहमा काम गर्ने मजदूर र मजदूर आपूर्तिकर्ताहरूले स्थायी लेखा नम्बर नलिएकाले सम्झौता कार्यान्वयनमा समस्या परेको प्रिस्टाइनले बताएको छ ।

कम्पनीले सेवाग्राहीसित प्रति मेट्रिकटन रू. १०९ मात्र लिएको दाबी प्रिस्टाइनका मुख्य अधिकृत आदित्य रायले गरे ।

‘लोडअनलोडमा काम गर्ने सबै कामदारले स्थायी लेखा नम्बर लिएका छैनन् । उनीहरूको त्यसमा रुचि पनि छैन । त्यसैले हामीले टीएससी रू. १०९ मात्र लिएका छौं । मजदूरको खर्च सेवाग्राही आफैले दिएका छन्,’ रायले भने ।

प्रिस्टाइनले एनआईटीडीबीलाई यो बेहोरासहितको स्पष्टीकरण पनि पठाएको जानकारी रायले दिए । बन्दरगाहमा यसअघिको सञ्चालकले प्रति मेट्रिकटन रू.९९ लिने गरेकोमा सम्झौताअनुसार त्यसमा १० प्रतिशत बढाएर रू. १०९ लिइएको प्रिस्टाइनले बताएको छ ।

यसै वर्षको नयाँ ठेक्का सम्झौतामा प्रत्येक शीर्षकको शुल्क १० प्रतिशत बढाउने उल्लेख छ ।

बन्दरगाह सञ्चालक र मजदूरलाई बेग्लाबेग्लै रकम तिर्दा प्रतिर्‍याक रू. ५० हजारदेखि १ लाख ५० हजारसम्म अतिरिक्त खर्च परेको आयातकर्ता सुरेश रुंगटाले बताए । रुंगटाका अनुसार प्रिस्टाइनलाई रू. १०९ का दरले शुल्क तिरेपछि मजदूरलाई लोडअनलोडको प्रतिमेट्रिकटन रू. १५० बुझाउनुपर्छ । ‘बेगनको ढोका खोलेको, सरसफाई, ब्यागिङलगायत अन्य खर्च पनि आयातकर्ताको टाउकोमै परेको छ ।

ठेक्का सम्झौताका अधारमा बन्दरगाह सञ्चालकलाई रू. २४६ का दरले दिएपछि अरू खर्च नपर्ने हो,’ उनले भने ।

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न
जनप्रभाबन्युज विशेष

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न

2 months पहिले
लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान
जनप्रभाबन्युज विशेष

लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान

3 months पहिले
सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’
जनप्रभाबन्युज विशेष

सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’

3 months पहिले
सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश
जनप्रभाबन्युज विशेष

सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

4 months पहिले
संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले
जनप्रभाबन्युज विशेष

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

5 months पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ
जनप्रभाबन्युज विशेष

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

5 months पहिले

ताजा समाचार

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh