- लहान ,असोज १७ गते सनिवार ।।
- जनप्रभाब – सम्बादाता
अहिले मदेस पहिलाको तुलानामा शान्त बन्दै गएको छ । हत्या हिंसा तथा अन्य सामाजिक अपराधमा प्रहरीको निगरानी सँगै शान्त बन्दै गएको हो । ३ भदौमा भएका पुजारी श्रीराम शाहको हत्यामा संलग्न आरोपमा पक्राउ परेका दुई जनालाई कानुनी कारबाही प्रक्रिया अघि बढाएको छ । जिउँदै इँटाभट्टामा जलाएर हत्या गरेको आरोपमा पक्राउ परेका पूर्वमन्त्री अफताव आलम हाल जेलमा छन् । अदालतले फैसला कार्यान्वयनका लागि फरार अभियुक्त बन्हु सहनीलाई झन्डै नौ वर्षपछि वीरगञ्जको इनरवाचोकबाट प्रहरीले पक्राउ ग¥यो । पक्राउ सहनीलाई पर्सा जिल्ला अदालतमा पेस गरी कैद भुक्तानका लागि जेल चलान गरिसकिएको जानकारी प्रदेश–२ प्रहरी प्रमुख डिआइजी धीरजप्रताप सिंहले जानकारी दिए ।
प्रहरी नायब महानिरीक्षक (डिआइजी) धीरजप्रताप सिंहले प्रदेश–२ नम्बर प्रदेश प्रहरी कार्यालय जनकपुरधाम प्रमुखको जिम्मेवारी समालेपछि प्रदेश–२ का आठ वटै जिल्लामा अपराध नियन्त्रण र फरार अपराधीको खोजी अभियान चलाइएको छ । शान्तिसुरक्षा कायम गर्न प्रहरीले चलाएको अभियानबाट विभिन्न घटनामा संलग्न भई फरार भएका र समाजमा त्रास फैलाउँदै हिँड्ने धमाधम पक्राउ पर्न थालेको सर्वसाधारण बताउँछन् । प्रहरीको कठोर कारबाहीले समाजमा शान्तिसुरक्षा कायम भएको सुरक्षा मामलामा अतिसंवेदनशील ठानिएको जिल्ला समन्वय समिति सिरहाका उपसभापति सरोजकुमार यादवले बताए ।
तत्कालीन माओवादी युद्धका बेलादेखि मधेस अशान्त थियो । माओवादी शान्ति प्रक्रियामा आएपछि पनि मधेस शान्त भएन । मधेसमा अरू नै सशस्त्र समूह जन्मिए । माओवादीबाट विद्रोह गरेर ०६१ साउन १० मा जयकृष्ण गोइतले जनतान्त्रिक तराई मुक्ति मोर्चा नामक सशस्त्र संगठन सञ्चालन गरेपछि मधेस पुनः अशान्त बन्यो । उक्त मोर्चाको नामबाट मधेसमा अपहरण, चन्दा, फिरौती, व्यक्ति हत्या यति बढ्यो कि गाउँघरबाट मधेसी नै पलायन हुन थाले । समयान्तरमा सशस्त्र समूहको गतिविधि मधेसमा केही कम भयो । तर, आपराधिक प्रवृत्तिका व्यक्तिहरू आवरण फेरेर मधेसलाई अशान्त बनाइरहे । पछिल्ला दिनमा सुरक्षा मामिलामा अतिसंवेदनशील ठानिएका यहाँका गाउँसहरका सर्वसाधारणको जनजीवन सामान्यतर्फ फर्किसकेको छ । सुरक्षा प्रत्याभूतिका कारण गाउँसहर शान्त बन्दै गएका छन् । शान्ति सुरक्षाका कारण गाउँ बस्तीमा चहलपहल बढ्न थालेको छ ।
आपराधिक गतिविधिको डरले गाउँ छाडेर पलायन भएका सर्वसाधारण आफ्नै थातथलो फर्किसकेका छन् । ‘सबै समुदायका मानिस पहिलेजस्तै मिलेर खुसीसाथ बसेका छौँ,’ सीमावर्ती नवराजपुर गाउँपालिकाको प्रमुख विश्वमोहन यादवले भने्, ‘समाजमा भाइचाराको भावना बलियो बन्दै गएको छ । गाउँको सांस्कृतिक गठजोड पुरानै अवस्थामा फर्केको छ ।’ आपराधिक समूहलाई निमिट्यान्न पार्ने प्रहरी–प्रशासनको इमानदार प्रयासकै कारण परिस्थिति बदलिएको यादव बताउँछन् । समाजमा अपराध तथा हिंसा मच्याउने व्यक्तिलाई प्रहरीले पक्राउ ग¥यो । संगठित आपराधिक घटनामा आबद्ध धेरैजसो व्यक्ति अहिले जेलमा छन् । कतिपय आपराधिक कर्म छाडेर वैदेशिक रोजगारीमा गइसकेका छन् ।
प्रदेश–२ प्रहरी कार्यालय जनकपुरधामका डिआइजी धीरजप्रताप सिंहले प्रदेश–२ मा संगठित आपराधिक गिरोहको सञ्जाल करिब–करिब ध्वस्त भइसकेको बताउँछन् । ‘हत्या, डकैती, चन्दा असुली, अपहरण र लागुऔषध ओसारपसार गर्ने अपराधीलाई पक्राउ गरेर जेलचलान गरेका छौँं, यसबाट अपराधजन्य घटनामा कमी आएको छ’, उनले भने । आपराधिक समूहका कारण गाउँसहर असुरक्षित बन्दै गएका बेला नवराजपुर गाउँपलिका–२ मझौरा गाउँका राजकुमार कामैत वैदेशिक रोजगारीमा हिँडे । उनले मलेसियामा पाँच वर्ष बिताए । आठ महिनाअघि उनी घर फर्के । गाउँमा शान्ति कायम भएपछि उनले वैदेशिक रोजगारीमा नफर्किने सोच बनाए । उनले भने, ‘टेम्पो किनेर भाडामा चलाउन थालेको छु । गाउँ सहर शान्त भएपछि रोजगारीको अवसर सिर्जना हुँदोरहेछ । पहिला अवसर भएर पनि वातावरण थिएन, अहिले वातावरण बनेको छ ।’
विदेशबाट कमाएर ल्याएको २ लाख ५० हजार रुपैयाँ बुझाएर बाँकी रकम किस्ताबन्दीमा तिर्नेगरी उनले टेम्पो किनेका छन् । उनले ५ लाख ६५ हजार रुपैयाँमा टेम्पो किनेका हुन् । ‘आठ महिना भयो मझौरा–भगवानपुर (लहान टेम्पो गुडाउन थालेको । दिनको आठ सयदेखि तीन हजार रुपैयाँसम्म कमाइ भइहाल्छ,’ उनले भने, ‘गाउँघरमै राम्रो कमाइ भएपछि किन विदेश जानुप¥यो र ! पहिलाजस्तो भयको वातावरण छैन । राती पनि ओहोरदोहोर गर्दा डर छैन ।’
गाउँबाट सहर (लहान) सम्म टेम्पो चल्न थालेपछि स्थानीयलाई पनि सजिलो भएको छ । स्थानीय सोभा साहले भनिन्, ‘गाउँमा शान्ति फर्किएपछि सहरसँगको दुरी पनि कम भएको छ ।’ असुरक्षाका कारण विदेसिएका साहजस्तै अन्य युवा पनि घर फर्किएर स्वरोजगारमा लागेका छन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !