- जनकपुर,असोज १७ गते सनिवार ।।
- जनप्रभाब – सम्बादाता
प्रदेश का ८ जिल्ला मध्ये शनिवार पर्सा, बारा, रौतहट र सर्लाहि का सुरक्षा प्रमुखहरु सहभागी छन ।
गोष्ठीमा मुख्यमन्त्री लालबाबु राउतले कुनै पनि अवस्थामा जनताले गरेको आशा र भरोसा टुट्न नदिन सुरक्षा निकायका प्रमुखहरुलाइ निर्देशन दिएका छन ।
प्रदेश सरकारले सुरक्षा निकाय लाई कहाँ के सहयोग गर्न सक्छ त्यो बुदागत रुपमा ल्याउन समेत निर्देशन दिए ।
साधनश्रोतकाे कमी भएपनि बिपदको समय , शान्तिसुरक्षा लाई बलियो बनाउन सुरक्षाकर्मीहरु खटीरहेको मा मुख्यमन्त्री राउतले धन्यवाद समेत दिएका छन ।
खुल्ला सिमाना का कारण सुरक्षा व्यावस्थामा चुनौतीहरु रहेको र कमिकमजोरीहरु लाई छलफल गरेर समाधान गर्नुपर्ने सुझाव समेत मुख्यमन्त्री राउतको भनाइ छ ।
गोष्ठीमा आन्तरीक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्र यादव ,नेपाल प्रहरीका प्रदेश प्रमुख , सशस्त्र प्रहरीका डिआइजीहरु , मन्त्रालयका सचिव, राष्टिय अनुशन्धान का प्रमुखहरु , नेपाली सेनाका जिल्लाका गणका प्रमुखहरु , संचारकर्मीहरुको सहभागिता रहेको छ ।
प्रदेश का सुरक्षा को चुनौती र बिपद व्यावस्थापन का बिषयमा छलफल हुने बताइएको छ अन्य चार जिल्लाको गोष्ठी बर्दीवासमा हुने बताइएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !