- जनकपुर,असोज १५ गते बिहीबार ।।
- जनप्रभाब – सम्बादाता
प्रदेश नम्बर २ को जनकपुरधाम उपमहानगरपालिकाका एक कर्मचारी घुससहित नियन्त्रणमा परेका छन् । जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर–१३ का कार्यालय सहयोगी दिलिप पञ्जियारलाई अख्तियारको टोलीले सेवाग्राहीसँग घुस लिइरहेको अवस्थामा रंगेहात नियन्त्रणमा लिएको हो ।
सेवाग्राहीसँग नागरिकताको सिफारिस गरिदिने भन्दै २४ हजार रुपैयाँ घुस लिइरहेको अवस्थामा अख्तियार बर्दिबासको टोलीले कार्यालय सहयोगी पञ्जियारलाई नियन्त्रणमा लिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिबासको कार्यालयले जनाएको छ ।
कार्यालय सहयोगी पञ्जियारले सेवाग्राहीलाई आफु नै वडा सचिव रहेको र नागरिकताको सिफारिस आफूले नै गर्ने भन्दै उनीसँग घुस रकम मागेका थिए । उनलाई वडा कार्यालयको परिसरबाटै गोप्य सूचनाको आधारमा नियन्त्रणमा लिइएको हो ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !