- काठमाडौं ,असोज १५ गते बिहीबार ।।
- जनप्रभाब – सम्बादाता
भारतमा कांग्रेस आइका नेता राहुल गान्धीलाई युपि प्रहरीले नियन्त्रणमा लिएको छ । उत्तर प्रदेशमा सामूहिक बलात्कारपछि उपचारको क्रममा अस्पतालमा निधन भएकी किशोरीको परिवारलाई भेट्न हिडेका कांग्रेस आइका नेता राहुल गान्धीलाई प्रहरीले नियन्त्रणमा लिएको हो।
नयाँ दिल्लीबाट उत्तर प्रदेशको हाथरसतर्फ हिडेका गान्धीलाई उत्तर प्रदेश प्रहरीले सुरुमा राज्यको सीमामा अघि बढ्नबाट रोकेको थियो। भारतीय संचारमाध्यम आजतकले गान्धीलाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ। राहुल र उनकी बहिनी प्रियंका गाँधीलाई प्रहरीले नोयडामा रोकेको थियो।
प्रहरीले गाडि रोकेपछि उनीहरु उत्रिएर पैदल नै अघि बढेका थिए। केही बेरमा प्रहरीले उनीहरुलाई रोकेर राहुल गाँधीलाई पक्राउ गरेको हो। पक्राउ गर्ने क्रममा भएको धक्कामुक्कीमा राहुल लडेका थिए। यस धक्कामुरीमा नेता गान्धीको हातमा चोट लागेको समेत बताइएको छ। राहुलले भनेका छन, ‘प्रहरीले मलाई धक्का दिएर लडायो,’ ‘म सोध्न चाहन्छु। के यो देशमा मोदी (भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी) मात्र हिड्न पाउने हुन ?, सर्वसाधारण हिड्न पाउँदैनन् ?’ उत्तर प्रदेशमा जंगलराज रहेको यो प्रमाण भएको र यसबाट नडराउन मुख्यमन्त्रीलाई उनले ट्वीट गर्दै आग्रह गरेका छन्।
फेसबुकबाट तपाईको प्रतिक्रिया !