Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

प्रदेश ५ मा सुध्रिएन सशस्त्र, रोकिएन तस्करी, जालो तोड्न प्रहरीले चौकी इन्चार्ज फेर्यो


  • भैरहवा ,असोज १५ गते बिहीबार ।।
  • जनप्रभाब – सम्बादाता


सिद्धार्थनगर नगरपालिका वार्ड नं. २ मेउडिहवा र मायादेवी गाउँपालिका – ३ बनगाईबाट प्रहरीले असोज ५ गते सोमबार भारतबाट अवैध रुपमा ल्याएको गहुँ, चिनी र प्याज बरामद ग¥यो । करिब १ लाख ८७ हजार मूल्य पर्ने ती सामान तस्करहरुले अबैधरुपमा नेपाल भित्र्याएका थिए । असोज ४ गते पनि रोहिणी १ बाट मटर, चिनी, सरफ, सुर्ति, प्याज, धाराको टुटी लगायत १ लाख ३१ हजार बराबरको सामान बरामद भयो । असोजकै २ गते मर्चवार तेनुहवाबाट चिनी, प्याज, धनिया, सरफ, मोबाइल कभर, रेडबुल लगायतका १ लाख ३८ हजार मूल्यका सामान बरामद भए । असोज १ मै रोहिणी ७ बाट १ लाख मूल्य बराबरको र भदौ ३१ मा ओमसतिया ४ बाट १० लाख ५० हजार मूल्यको अवैध समान बरामद भयो ।
भारतबाट अवैध रुपमा नेपाल भित्र्याइएका सामानहरु बरामद गरिएको यो तथ्यांक हेर्दा प्रहरी तस्करी नियन्त्रणका लागि जोडबलका साथ लागेको भान हुन सक्छ । तर यो पुरै भ्रम हो । सशस्त्र प्रहरीको सीमा सुरक्षा बल र नेपाल प्रहरीको मिलेमोतोमा जिल्लामा ब्यापक तस्करी हुने गरेको छ । सेटिङ्ग नमिल्दा मात्र आक्कलझुक्कल देखाउनकै लागि बरामद गरिन्छ । सेटिङ्ग नमिलाएसम्म ५÷७ हजार भन्दा बढी मूल्यका सामान नेपाल भित्र्याउने प्रयत्नै हुँदैन । किनभने तस्करी नियन्त्रणकै लागि सशस्त्रको सीमा सुरक्षा बलको घेरा, गस्ती, घुमुवा र जनपद प्रहरीका घुमुवा तथा गस्तीबाट बच्न अपवाद छाडेर असंभव नै हुन्छ ।

करिब एक बर्ष यता रुपन्देही जिल्ला तस्करीका निम्ति सबैभन्दा ठूलो अखडा बनिरहेको थियो । जिल्ला प्रहरी प्रमुख फेरिएसँगै केहि समयका लागि सेटिङ्ग रोकिने विश्वास अहिलेसम्म जारी छ । जिल्लाको करिब ६० किलोमिटर खुल्ला सीमानामध्ये करिब तीन दर्जन पक्की÷कच्ची सडकबाट तस्करी हुने गरेको छ । सीमा सुरक्षाको पहिलो घेरामा रहेको सशस्त्र प्रहरीका सीमा क्षेत्र आसपाससमेत गरी १७ वटा पोष्ट छन् । सूचना संकलनका लागि घुमुमा पनि परिचालित छन्, गश्ती गर्न गाडी कुदिरहेका छन् । सशस्त्र प्रहरीलाई सेटिङ्ग नमिलाएसम्म पहिलो घेरा पार गरी अबैध सामान पास गराउन असंभव जस्तै हुने तस्करीमा संलग्न ब्यक्तिहरु नै बताउँछन् । सशस्त्र प्रहरीलाई मात्र सेटिङ्ग मिलाए जनपद प्रहरीले छोपिहाल्ने उनीहरुको भनाइ छ । दुवै प्रहरीलाई नियमित रुपमा रकम नबुझाए सीमा पार गराएर भैरहवा–बुटवलमा लगेपनि गोदामबाटै छापा मार्ने वा अर्को लट तस्करी गर्दा समातिन्छन् ।

नियमित जसो सेटिङ्गमा तस्करी भैरहेकोमा गत चैत १२ देखि भएको लकडाउनले केही समय रोकियो । तर, दुई महिनापछि सबै उस्तै बनेको छ । शुरुवातमा तरकारीजन्य पदार्थबाट शुरु भएको तस्करी अहिले झन् फस्टाउँदै गएको छ । लकडाउन र अन्तर्राष्ट्रिय सीमा बन्द भएकाले मानव तस्करी पनि मौलायो, सँगसँगै अन्य वस्तुहरुको पनि भैरहेको छ ।

तस्करहरुले कहिले जिल्लाको पूर्वी रोहिणी क्षेत्र, कहिले बगाहा, कहिले मर्चवार लगायतका नाका परिवर्तन गरेर सामान ओसार पसार गरिरहेका छन् । बगाहा, सेमलपानी, मर्चवार, कर्महवा, दुर्गौलिया, मेउडिहवा, बुचीबर्मा, लुम्बिनी नाकाबाट मोबाइल, कपडा, मोटर पार्टस, हार्डवेयर र खाद्यान्न बढी मात्रामा तस्करी हुने गरेको छ । रातभर सामान ओसारेर गोदाम भर्ने र गाडीबाट भैहरवा, बुटवललगायत अन्य शहरहरुमा सप्लाई हुने गरेको छ । तस्करीका लागि साइकल, अटो रिक्सा, मोटरसाइकल, छोटा हात्ती, ट्याक्टर, मिनीट्रक प्रयोग हुँदै आएका प्रत्यक्षदर्शी बताउँछन् । रुपन्देहीमा भारतबाट नेपालतर्फ सबैभन्दा बढी तस्करी हुने भनेको कपडा र मोबाइल, हार्डवेयर, सूर्ति हो । यस्तै, मोटर पार्टस्, ब्याट्री, खसीबोका, भैंसी, काजु किसमिस, चिनी, किराना समान लगायत तस्करी हुन्छ । नेपालबाट भारततर्फ मरिच, छोडा, केराउ, कवाड तस्करी हुँदै आएको छ ।

सामान समातिन्छ, मान्छे भगाइन्छ

तस्करीमा सेटिङ्ग नमिलाई सामान ओसार्नेलाई प्रहरी तथा सशस्त्र प्रहरीले कहिलेकाहीँ समात्ने पनि गरेको छ । तर, यसरी समातिएको सामानले तस्कर र प्रहरीलाई झन् नजिक्याउने काम गर्ने बताइएको छ । सामान समातेपछि त नमिलेको सेटिङ्ग पनि मिल्न थाल्छ–एक ब्यवसायीले बताए । उनको दावी अनुसार अबैध समान समातेपनि तस्कर पक्राउ नपर्नुको मुख्य कारण यहि हो । कहिलेकाहि सेटिङ्ग मिल्न नसक्ने जस्तो देखे वा यदाकदा तस्करीमा संलग्न मानिसलाई भने पक्राउ गरी भन्सार पठाउने गरिएको पनि ती ब्यवसायीले जानकारी दिए ।

सशस्त्रद्धारा होम डेलिभरी

भैरहवा र आसपास क्षेत्रमा घरासयी सामान चाहिएमा सीमा बन्द भएपनि कुनै चिन्ता छैन । स्थानीय बजारमा पाइने भन्दा कम मूल्यमा सशस्त्र प्रहरीले घरमै डेलिभरी दिने गरेको छ । टेलिभिजन सेट, मोबाइल, बाथरुम वा धाराका सामानहरु ५÷७ हजार खर्च दिनुपर्छ, घरमै आइपुग्छन् । नयाँ निर्माण भैरहेका घरहरु वा अन्य ठाउँहरुमा सादा पोशाकका सशस्त्रले गाडीमै सामान पु¥याइदिने गरेका छन् । तपाईलाई कुन कम्पनीको कति इन्चको टिभी चाइयो भन्नुस, नौतनवाको पसलको रेटमा ५ हजार खर्च थप्नुपर्छ– सशस्त्रसँग समान मगाएका पक्लिहवाका स्थानीयले संवाददातासँग भने ।

सीमा सुरक्षा सशस्त्र प्रहरी बलका प्रहरी उपरिक्षक तेज पोखरेल भने सशस्त्रले तस्करी धन्दालाई संरक्षण गरेको कुरालाई अस्वीकार गर्छन् । खुल्ला सीमानाको फाइदा उठाउदै तस्करीको कोशिस हुने गरेको भए पनि सशस्त्र प्रहरीले रोक्दै आएको उनको दावी छ । पोखरेलले आ.व.२०७५÷७६ मा तीन करोड, २०७६÷०७७ मा चार करोड ३६ लाख र चालु आ.ब.को दुई महिनामा ७७ लाखको अबैध समान बरामद गरी भन्सार चलान गरिएको जानकारी दिदैं भने–खुल्ला सीमानाले गर्दा रातभर पालमा बसेर समेत तस्करी नियन्त्रणमा काम गरेका छौं ।

तस्करीका बिषयमा आइरहेका गुनासो वा समाचारहरु आफूले नजिकबाट नियालीरहेको हालै जिल्ला प्रहरी कार्यालय रुपन्देहीको प्रमुखमा सरुवा भएर आएका एसपी प्रवीण पोखरेलले बताए । अपराधिक गतिविधि र तस्करी रोक्ने प्रतिवद्धता जनाउँदै एसी पोखरेलले भने – सीमा क्षेत्रका सबै चौकी इन्चार्ज फेरिइसके । उनले सादा पोशाकका सबै घुमुवा हटाउन लागेको पनि बताए । अहिलेसम्म के कसो भयो, मलाई थाहा भएन, तर अब प्रहरीको तस्करीमा संलग्नता रहँदैन – पोखरेलले भने ।

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

अमरेशलाई दीपशिखाको चेतावनी – गंगाबारे आरोप पुष्टि गर्नू, नभए नाङ्गै पारेर दौडाउँछौं
जनप्रभाबन्युज विशेष

अमरेशलाई दीपशिखाको चेतावनी – गंगाबारे आरोप पुष्टि गर्नू, नभए नाङ्गै पारेर दौडाउँछौं

5 hours पहिले
झण्डै २९ तोला सुनका गरगहनासहित दुईजना समातिए
जनप्रभाबन्युज विशेष

झण्डै २९ तोला सुनका गरगहनासहित दुईजना समातिए

5 hours पहिले
दुई किलो सुन प्रकरण : थप एक चिनियाँ पक्राउ
अपराध

दुई किलो सुन प्रकरण : थप एक चिनियाँ पक्राउ

5 hours पहिले
प्रहरी गाँजा फडानी अभियानमा
जनप्रभाबन्युज विशेष

प्रहरी गाँजा फडानी अभियानमा

5 hours पहिले
दुबई पठाइदिने भन्दै ठगी गर्ने लक्ष्मण पक्राउ
क्राइम रिपोर्ट

दुबई पठाइदिने भन्दै ठगी गर्ने लक्ष्मण पक्राउ

5 hours पहिले
पूर्वराजा ज्ञानेन्द्रलाई झलनाथ खनालको यस्तो सुझाव
जनप्रभाबन्युज विशेष

पूर्वराजा ज्ञानेन्द्रलाई झलनाथ खनालको यस्तो सुझाव

7 hours पहिले

फेसबुकबाट तपाईको प्रतिक्रिया !

ताजा समाचार

अमरेशलाई दीपशिखाको चेतावनी – गंगाबारे आरोप पुष्टि गर्नू, नभए नाङ्गै पारेर दौडाउँछौं

अमरेशलाई दीपशिखाको चेतावनी – गंगाबारे आरोप पुष्टि गर्नू, नभए नाङ्गै पारेर दौडाउँछौं

5 hours पहिले
झण्डै २९ तोला सुनका गरगहनासहित दुईजना समातिए

झण्डै २९ तोला सुनका गरगहनासहित दुईजना समातिए

5 hours पहिले
दुई किलो सुन प्रकरण : थप एक चिनियाँ पक्राउ

दुई किलो सुन प्रकरण : थप एक चिनियाँ पक्राउ

5 hours पहिले
प्रहरी गाँजा फडानी अभियानमा

प्रहरी गाँजा फडानी अभियानमा

5 hours पहिले
दुबई पठाइदिने भन्दै ठगी गर्ने लक्ष्मण पक्राउ

दुबई पठाइदिने भन्दै ठगी गर्ने लक्ष्मण पक्राउ

5 hours पहिले
पूर्वराजा ज्ञानेन्द्रलाई झलनाथ खनालको यस्तो सुझाव

पूर्वराजा ज्ञानेन्द्रलाई झलनाथ खनालको यस्तो सुझाव

7 hours पहिले

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh

No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh