डिआइजी सिंहको एक्सन देखेर तस्करहरुको भागाभाग मचेको छ । उनी प्रदेश २ मा प्रहरी प्रमुख भएर आएदेखीनै तस्कर देखि ,विभिन्न किसिमका जगन्य अपराध ,हत्या,हिन्सा घटना समेत न्यून अवस्थामा भएको देखिन्छ ।
- जनकपुर,असोज १४ गते बुधबार ।।
- जनप्रभाब – आलोक यादव
प्रदेश २ प्रहरी प्रमुख प्रहरी नायब माहानिरीक्षक धिरजप्रताप सिंहले मधेसमा आए देखि तस्कर विरुद्ध खरो उत्रेका छ्न।
नेपाल बाट भारत तर्फ हरियो मटर अबैध तरिकाले तस्करीको बिगबिगी बढेको सूचना पाए लगतै डिआइजी सिंहले तस्करहरुको सन्जाल तोडन विशेष अपरेसन टिम तयार गरि दिनानु दिन कार्वाही गरेका छ्न। यसरी डिआइजी सिंहले हरियो मटर तस्कर विरुद्ध एक्सन लिदा एकै दिन करिब २ करोड ६० लाख सम्मको राजस्व संकलन गरेको छ ।
डिआइजी सिंहको एक्सन देखेर तस्करहरुको भागाभाग मचेको छ । उनी प्रदेश २ मा प्रहरी प्रमुख भएर आएदेखीनै तस्कर देखि ,विभिन्न किसिमका जगन्य अपराध ,हत्या,हिन्सा घटना समेत न्यून अवस्थामा भएको देखिन्छ ।
डिआइजी सिंहले प्रहरी सङठनलाइ समेत चुस्त र दुरुस्त र शान्ति सुरक्षा समेत ब्यवस्थापन गर्नका निमित्त प्रदेश २ को राजमार्गमा चोक चोक मा अस्थायी प्रहरी चोकी बिट स्थापना देखि लिएर घटना नियन्त्रण गर्नका निमित्त र अपराध गरेर भागन नपाओस भनेर राजमार्गको चोक चोकमा ( CCTV ) को ब्यवस्थापन समेत गरेका छ ।
डिआइजी सिंहको सक्रियता देखेर प्रदेश २ मातहतका जिल्ला प्रमुख र युनिटका इन्चार्जहरु लाई उच्च मनोबलका साथ काम गर्ने इनर्जी समेत प्रदान भएको छ। त्यसै गरि डिआइजी सिंहकै निर्देशनमा प्रहरीले आज वीरगन्ज महानगरपालिका–१६ ईनरवा गाउँस्थित नेपाल भारतको सीमाना नजिकै अवैध रुपले गोदाममा भण्डारण गरेको अवस्थामा २ करोड ६० लाख मूल्य बराबरको केराउ नियन्त्रणमा लिएको प्रदेश प्रहरी कार्यालय जनकपुरधामले जनाएको छ ।
ललितपुर घर भएका वेदान्तजँग राणा प्रोपराइटर रहेको फर्मले अवैध रुपमा भण्डारण गरेर राखेको प्रतिबोरा ५० किलोको दरले ६ हजार ५ सय बोरा केराउ प्रहरीले नियन्त्रणमा लिएको प्रदेश प्रहरी कार्यालय जनकपुरका प्रहरी उपरीक्षक कृष्ण प्रसाईंले जानकारी दिए ।
बाराको परवानीपुर गाउँपालिका–३ मा आधिकारिक कार्यालय सञ्चालन गरेको श्री प्रिज्म एग्रो कमोडिटिज ट्रेडिङ प्रालिले भारत तस्करी गर्ने उद्देश्यले भण्डारण गरेर राखेको केराउ नियन्त्रणमा लिइएको एसपी प्रसाईंले बताए ।
प्रदेश प्रहरी कार्यालय एवं जिल्ला प्रहरी कार्यालय पर्साको संयुक्त टोलीले अवैध रुपमा भण्डारण गरी राखिएको कराउका साथै फर्मका म्यानेजर प्रभात श्रेष्ठ र ना ६ त ८७१० नम्बरको ट्याक्टरसमेत नियन्त्रणमा लिएको छ ।
नियन्त्रणमा लिइएको केराउसहित फर्मबारे थप अनुसन्धान भइरहेको प्रदेश प्रहरी कार्यालय जनकपुरधामले जानकारी दिएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !