- काठमाडौं ,असोज १४ गते बुधबार ।।
- जनप्रभाब – सम्बादाता
महानगरीय प्रहरी बृत्त थानकोटले पेट्रोलमा तारपिन तेल मिसावट गर्ने एक जना टयांकर चालकलाई नियन्त्रणमा लिएको छ । पेट्रोलमा तारपिन मिसाउने चालकलाई निगमको थानकोट डिपोबाट प्रहरीले नियन्त्रणमा लिएको हो ।
थानकोट डिपोका लागि भारतको बरौनीबाट २० हजार लिटर पेट्रोल लोड गरेर आएको ना ४ ख ३०८५ नम्बरको ट्याङ्कका चालक सचिन सुवेदीलाई नियन्त्रणमा लिइएको महानगरीय प्रहरी बृत्त थानकोटका प्रमुख घनश्याम श्रेष्ठले जानकारी दिनु भयो ।
नेपाल आयल निगम बाग्मती प्रादेशिक कार्यालय थानकोटका प्रमुख प्रदिप यादवले ५ चेम्बर मध्य एक चेम्बरमा करिव ६ सय देखि १ हजार तारपिन तेल मिसावट गरिएको पाइएको बताए ।
सुवेदीले नक्कली ट्याङ्कीको चावी प्रयोग गरी चेम्बरको लक खोलेर तारपिन आयल मिसावट गरेको अनुमान गरिएको छ । ‘उनलाई कालोबजारी तथा केही सामाजिक अपराध ऐन अनुसार कारबाही गर्न प्रहरीलाई बुझाएका छौं’, डिपो प्रमुख यादवले भने ।
सुवेदी दुई साताको अवधिमा पेट्रोलमा मिसावट तथा चोरीमा संलग्न छैटौं व्यक्ति रहेका आयल निगमले जनाएको छ ।
यसअघि पेट्रोल चोरीमा संलग्न एक तथा पेट्रोलमा मिसावटको आरोपमा निगमको अमलेखगन्ज डिपोबाट तीन र थानकोट डिपोबाट एक जना चालक लाई प्रहरीले नियन्त्रणमा लिइसकेको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !