मातहतका प्रहरी प्रमुखहरुलाई वर्तमान शान्ति सुरक्षा, अपराध नियन्त्रण, प्रहरी कर्मचारीहरुको आचरण तथा जनतासँग शिष्ट व्यवहार गर्न : डिआइजी सिंहको निर्देशन
- जनकपुर,असोज १३ गते मंगलवार ।।
- जनप्रभाब – सम्बादाता
- प्रहरीले पालना गर्ने व्यक्तिगत स्वास्थ्य सुरक्षा मापदण्ड, मानव अधिकारको पालना , वर्तमान शान्ति सुरक्षा , अपराध नियन्त्रण , प्रहरी कर्मचारीहरुको आचरण तथा जनतासँग शिष्ट व्यबहार बारे घुम्ती अनुशिक्षण कार्यक्रमको सुरूवात गरेको छ ।
विश्वभर फैलिएको कोरोना भाइरस (covid 19) को महामारीका कारण शुरू भएको लकडाउन र लकडाउन खुलेपछि देखिएको विरोध तथा प्रर्दशनहरूको नियन्त्रणमा प्रहरीले कार्वाही गर्दा पालना गर्ने व्यक्तिगत स्वास्थ्य सुरक्षा मापदण्ड,मानव अधिकारको पालना र प्रहरी आचरण संहिता तथा जनतासँग शिष्ट व्यवहार गर्ने सम्बन्धमा बारे २ नम्बर प्रदेश प्रहरी कार्यालय जनकपुरधाम मातहतका जिल्ला प्रहरी कार्यालय धनुषा मातहतका प्रहरी युनिट इन्चार्जहरूलाई सचेत र सजक बनाउने उद्धेश्यले गत ४ गतेबाट मानवअधिकार, प्रहरी आचरण संहिता र महामारीको समयमा प्रहरी कार्बाही विषयक १ घण्टाको घुम्ती अनुशिक्षण कार्यक्रमको शुरूवात गरिएको छ ।
कार्यक्रममा २ नम्बर प्रदेश प्रहरी कार्यालय जनकपुरधामका प्रमुख प्रहरी नायव महानिरीक्षक ( डिआइजी ) धिरज प्रताप सिंहले नागरिकको हक अधिकारलाई सम्मान गर्दै प्रहरीले व्यवसायिक जिम्मेवारी गर्नुपर्ने बताउनुभयो ।
फिल्डमा खटिएका प्रहरीका समस्या,गुनासो र व्यक्तिगत स्वास्थ्य सुरक्षा मापडण्ढ पालना गर्दै उच्चतम व्यवसायिक क्षमता प्रर्दशन गर्नुपर्ने र नागरिकले अपेक्षा गरे अनुरूप शिष्ट व्यवहार गरी मानव अधिकारको सम्मान गर्नुपर्ने जस्ता समासमाहिक सम्बोधन गर्नुभयो ।
जिल्ला धनुषा ज.उ.म.न.पा.-४ स्थित मसाला कटेजको सभा हलमा भएको कार्यक्रममा जिल्ला प्रहरी कार्यालय धनुषा मातहतका सिनिय प्रहरी अधिकृत, जुनियर प्रहरी अधिकृत तथा अन्य दर्जाको सहभागी रहेको थियो ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !