- कपिलवस्तु ,असोज १३ गते मंगलवार ।।
- धनी राम कोरी
कपिलवस्तुकाे महाराजगन्ज नगरपालिका भित्र विभिन्न स्थानमा छाडा गाइगाेरु हरुले स्थानीयलाई दुख दिइरहेका छन । छाडा गाईगाेरुहरुले किसान का धानबाली र तरकारी खेतीलाई सखाप पर्दै अाएका स्थानीयहरु काे गुनासो रहेको छ ।
महाराजगन्ज बजार क्षेत्र भित्र दिनप्रतिदिन सडकमा छाडा चौपायाको संख्या बढ्दै गएसंगै सडकमा सावरी चालक तथा पैदल यात्रीलाई समेत समस्या हुन थालेको हो ।
छाडा चाैपाया का कारणले सवारी दुर्घटना बढी हुन सक्ने नेकपा महाराजगन्ज नगर कमिटी का अध्यक्ष विजय जैसवाल ले बताउनु भयो । जैसवाल काे प्रश्न रहेको छ महाराजगन्ज नगरपालिका भित्र रहेेका छाडा चाैपाया लाई व्यवस्थापन गर्ने जिम्मेवारी कसको ?
नगरपालिका भित्र का अाैरहवा , डेरवा , महाराजगन्ज , लगायत का अन्य गाउँ ठाउँमा छाडा गाई गाेरुहरुले किसानलाई हैरान पारी रहेका छन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !