- काठमाडौं ,असोज १२ गते सोमबार ।।
- जनप्रभाब – सम्बादाता
विभिन्न ९ कम्पनीले विषाक्त स्यानिटाइजर उत्पादन गरेर बिक्री–वितरण गरिरहेको भेटिएकाे छ । औषधि व्यवस्था विभागले स्यानिटाइजरकाे नमुना संकलन गरेर गरेकाे परीक्षाणणमा ९ कम्पनीकाे ह्याण्ड स्यानिटाइजरमा विषाक्त रसायनकाे मिसावट रहेकाे पुष्टि भएकाे हाे । विषाक्त स्यानिटाइजर बजारमा पुगेको पुष्टि भएपछि तिनकाे बिक्री–वतरणमा रोक लगाइएको छ ।
विभिन्न कम्पनीका ह्याण्ड स्यानिटाइजरको नमुना संकलन गरेर परीक्षण गरिएकोमा इन्स्ट्यान्ट ह्याण्ड स्यानिटाइजर सम्बन्धी स्तर २०७६’ विपरीत विषाक्त रसायन मेथानोल मिसाइएको पुष्टि भएको विभागले जनाएको छ । मेथानोल मानव शरीरमा गम्भीर असर गर्ने रसायन हो ।
बिक्री–वितरणमा रोक लगाइएका ह्याण्ड स्यानिटाइजरमा भारतीय कम्पनी सिभिका कस्मेस्युटिकल्स प्रालिले उत्पादन गरेको ब्याच नं. २७३ को हरबलट्री ह्याण्ड रव ५०० एमएल, आर केमिकल एण्ड प्याकेजिङ इण्डष्ट्रिज पर्साले उत्पादन गरेको ०३ ब्याच नम्बरका क्लिन ह्याण्ड स्यानिटाइजर ५ लिट र कुम ह्याण्ड स्यानिटाइजर ५ लिट छन् ।
त्यस्तै कुमकुम हरबल इण्डष्ट्रिज प्रालि, बनेपाले उत्पादन गरेको २ ह्याण्ड स्यानिटाइजरमा पनि विषाक्त रसायन भेटिएको हो । कुमकुमले उत्पादन गरेको ब्याच नं. ०१ का कुमकुम इन्स्ट्याण्ट ह्याण्ड स्यानिटाइजर र इन्ष्ट्यान्ट ह्याण्ड स्यानिटाइजर मापदण्ड पालाना नगरी उत्पादन भएको भेटिएको विभागले जानकारी दिए ।
ओम आरोग्य हेल्थकेयर प्रालि, इमाडोल र साधना सप्लायर्स काठमाडौंले उत्पादन गरेका ह्याण्ड स्यानिटाइजमा पनि विषाक्त रसायन इथानोल र मेथानोल भेटिएको छ ।
कोरोना भाइरसको प्रकोप बढेपछि स्यानिटाइजरको माग उच्च छ । यही मौका छोपेर औषधि उत्पादन कम्पनीहरूले गुणस्तरहीन स्यानिटाइजर उत्पादन गरेका छन् । यसअघि गरिएको परीक्षणमा पनि विभिन्न कम्पनीका स्यानिटाइजरमा मिथानोललगायतका विषाक्त रसायन भेटिएको थियो ।

















