- जनकपुर,असोज १२ गते सोमबार ।।
- जनप्रभाब – सम्बादाता
दुई नम्बर प्रदेश प्रहरी कार्यालयका बिबादास्पद डिएसपी अंशु कुमार सिंहलाई आइजिपी शैलेश थापा क्षेत्रीले त्याहाबाट हटाएका छन् । संचारकाे दरवन्दी भए पनि उनी प्रवक्ता र प्रशासन दुवै हेर्ने मात्रै हाेईन प्रदेशका घुमुवा देखि जिल्लामा घुमुवाहरू परिचालन गर्दै उनिहरूवाट फाइदा लिने गरेको उजुरी र गुनासो व्यापाक आएपछि उनलाई आइजिपी थापाले हटाएकाे समाचार स्रोत बताउँछ ।
पहिले तत्कालीन मध्य क्षेत्र हेटौंडा ,त्यसपछि दुई नम्बर प्रदेशमा बसेर उनलेे संचारकाे भए पनि प्रशासन हेर्ने र घुमुवाबाट फाईदा लिदै आएका थिए। प्रधुम्न कार्कीको पालामा उनी ओझेलमा थिए । एक नम्बर प्रदेशमा सरूवा आइतबार भएको पनि अहिले सम्म पत्र लुकाएको थाहा भएको छ। उनी प्रहरी संगठनमा धेरै बदनाम भए पनि अहिले सम्म कारवाहीबाट भने जाेगिदै आएका छन् ।
महिनाबारी बुझाउने घुमुवालाई सधैं राम्रो ठाउँमा राखिरहने र नदिनेलाई गण, गुल्म र नराम्रो एवं बढि दुख पाउने ठाउँमा पठाउने गरेको उजुरीहरू धेरै पहिलादेखि परेपनि तत्कालीन आइजिपी सर्वेन्द्र खनालले उनलाई जाेगाउदै आएकाे आराेप समेत लाग्दै आएकाे थियो ।सरूवा त भए अंशु कुमाए सिंह अब रमाना लिएर कहिले जान्छन् त्यो हेर्ने भने बाकी नै छ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !