- रौतहट ,असोज १२ गते सोमबार ।।
- जनप्रभाब – सम्बादाता
आचरणविरुद्ध काम कारबमही गर्ने जो कोही प्रहरीमाथि ‘अन द स्पोर्ट’ कारबाही हुने भएको छ । कुनैपनि प्रहरी मदिरा सेवन गरी ड्युटी गरेको अथवा आचरणविरुद्ध गतिविधि गरेको पाइएमा मार्शलटिमले ‘अन द स्पोर्ट’ कारबाही गर्ने भएको हो ।
प्रहरी र पत्रकारबीच आइतवार जिल्ला सदरमुकाम गौरस्थित जिल्ला समन्वय समितिको सभाकक्षमा आयोजित अन्तरक्रिया कार्यक्रममा रौतहट प्रहरी प्रमुख एसपी शिद्धिबिक्रम साहले बताए ।प्रहरी संगठन भित्रको कमी कमजोरी सुधारगर्न एकजना डिएसपीको कमाण्डमा मार्शलटिम गथन भइरहेको एसपी सिंहले स्पस्ट पारे ।
एसपी साहले निरञ्जन राम हत्या प्रकरण, बिजय राम हत्या प्रकरण, पुजारी हत्या तथा तिवारी दम्पती आक्रमणबारेमा बिस्तृत जानकारी गराउँदै प्रहरीप्रति जनताको भरोसा र विश्वास कायम राख्नुुनै आफनो पहिलो दायित्व भएको बताए ।सीमा चुवाहट, अवैैध मदिरा कारोबार नियन्त्रण, आउनै लागेको चाँडपर्वमा जुवातास हुन नदिन तथा जिल्लामा हुने शंकास्पद गतिविधि नियन्त्रण गर्न प्रहरी र पत्रकारबीच सूचनाको आदानप्रदान महत्वपुर्ण पाटो रहेको एसपी सिंहले बताए ।
कार्यक्रममा एसपी सिंहका साथै जिल्ला प्रहरी प्रवक्ता डिएसपी भरत श्रेष्ठ, ईलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डिएसपी रबी रावल, ईलाका प्रहरी कार्यालय चन्द्रपुरका प्रमुख डिएसपी हेम बहादुर शाही, ईलाका प्रहरी कार्यालय बिजयपुरका प्रमुख ईन्स्पेक्टर चन्द्रकिशोर साह, नेपाल पत्रकार महासंघ रौतहटका सभापती रबीन्द्र साह,सचिव गौतम श्रेष्ठ लगायत दुुई दर्जन पत्रकारहरुको सहभागिता रहेको थियो ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !