- बिरगंज ,असोज १२ गते सोमबार ।।
- जनप्रभाब – सम्बादाता
नेपाल प्रहरी संगठनको नीति निर्देशनको खिल्ली उडाउदै हिडेका प्रहरी नायब निरीक्षक सिंहलाई इलाका प्रहरी कार्यालय सुगौलीको प्रमुखको रूपमा चयन गरिएको छ । जिल्ला प्रहरी कार्यालयमा करीब ५ बर्षदेखि कार्यरत रहेका प्रहरी नायब निरीक्षक सुमन सिंह आफ्नै संगठनको नीति निर्देशनको खिल्ली उडाएको र आफ्नै संगठनलाई बदनाम गर्ने गरेको आरोप लागेको थियो ।
प्रहरी नायब निरीक्षक सुमन सिंह जिल्ला मातहात रहेका प्रहरी चौकी इनर्वामा कार्यरत हुदा नामूद तस्कर संगठनहरू सङ्ग रकम असुल गर्ने गरेको विभिन्न मिडिया मार्फत उजागर भएको थियो । सन्चार माध्यममा घुसखोरी बिषयमा पर्दाफास हुनसाथ इलाका प्रहरी कार्यालय ठोरीमा लखेटिएका प्रहरी नायब निरीक्षक पुन: ८ महिना पश्चात् जिल्ला प्रहरी कार्यालय पर्साको क्राइम टोलिमा आउन सफल भएका थिए । तर क्राइम टोलिमा कार्यरत हुदा केही बिचौलियाको इशारामा संगठन भित्र हुँदै नभएको कुरा बिचौलिया मार्फत बदनाम गराएको आरोपमा बिहान ३ बजेसम्म थुनिएको प्रहरी श्रोतले जनाएको छ ।
बिचौलिया सङ्ग बसेर जाड रक्सी खाएर आफ्नो संगठन भित्रको कुरा बाहिर लगेको कुराको साथै तस्करहरू सङ्ग साटघाट रहेको आरोपमा प्रहरी नायब निरीक्षक सिंहलाई जिल्ला प्रहरी कार्यालय पर्साको कन्ट्रोल शाखामा बिहान ३ बजेसम्म थुनिएका थिए । तर दुर्भाग्यको बिषय के हो भने संगठनको नीति निर्देशन विपरित कार्य गर्ने प्रहरी नायब निरीक्षक सुमन सिंहलाई इलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीको जिम्मा दिइएको छ । प्रदेश प्रहरीमा आफ्नो पावर छ भन्ने बिचौलियाको सहयोगले उनी इलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीको जिम्मेवारी पाएको चर्चा परिचर्चाको बिषय बनेको छ ।
यता इलाका प्रहरी कार्यालय सुगौलीको जिम्मेवारी पाउनसाथ प्रहरी नायब निरीक्षक सुमन सिंह भैंसी र मदिरा तस्करहरू सङ्ग मासिक नजराना बुझेको खबर प्राप्त भएको छ ।
तस्कर संगठन सङ्ग मासिक २० हजारदेखि ५० हजारसम्म नजराना बुझेको बताइन्छ । उढरी कहियो ना सुधरी भन्ने भोजपुरी उख्खान जस्तै प्रहरी नायब निरीक्षक जहाँ गएपनी अबैध रकम असुल गर्न बाहेक अरू केही गर्न नसकेको श्रोतको दाबी छ । प्रहरी संगठन भित्रको कुरा बाहिर ल्याउने प्रहरी अधिकारीलाइ कारवाही हुनु पर्ने हो तर सिंह माथी कारवाही स्वरूप तीन घन्टा थुनी चौकी प्रहरी प्रमुखको जिम्मेवारी थपिनु के कति जायज रहेको बिषय आम सर्वसाधारणलाई छर्लङ्ग भएको कुरा हो । तसर्थ प्रहरी संगठन भित्र रहेका यस्ता प्रहरी माथी कारवाही हुन अवाश्यक देखिन्छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !