- सिरह,असोज १२ गते सोमबार ।।
- जनप्रभाब – सम्बादाता
कोरोना भाइरस ( कोभिड -१९ ) को संक्रमण जोखिम न्यूनीकरण तथा सचेतनाको लागि जिल्ला प्रशासन कार्यालय सिरहाका प्रमुख जिल्ला अधिकारी ( सिडियो ) प्रदिप राज कणेलले सिरहा जिल्लाका गाउँ गाउँमा पुगेर जनचेतना जोगाउन थालेका छन्।
प्रजिअ कणेल १० गते शनिबार मात्र सिरहाको सुखिपुर नगरपालिका अनुगमन गर्दै सार्वजनिक यातायातका साधन भित्र मापदण्ड प्रोटोकल उल्घंन गरि मान्छे कोच्ने जस्ता कार्यहरूको अनुगमन गर्नुभएकोछ भन्ने नवराजपुर गाउँपालिकामा भैरहेको सार्वजनिक पोखरी निर्माणाधीन का कार्यहरूको प्रगतिको बारेमा बुझ्न् अनुगमन गरेको छ।
साथै नबराजपुर गाउँपालिका अन्तरगत रहेको डोम बस्तीमा प्रदेश इन्जिनियरर्स समाज द्वारा गरिएको खाधान्न र सेनिटाइजर वितरण कार्यमा सरिक भै सहजीकरण तथा अनुगमन समेत गर्नु भएको छ। डोम बस्तीमा खाधान्न र सेनिटाइजर भगवान झा को सयोंजकत्वमा वितरण गरिएको थियो।
निरन्तर जनताको लागि सुशासनको पक्षमा अग्रसर देखिने कुशल प्रशाशक कणेलले सिरहाको चौतर्फी अनुगमनमा जुटेको बताउनु भयो।
फेसबुकबाट तपाईको प्रतिक्रिया !