- काठमाडौं ,असोज ११ गते आइतबार ।।
- जनप्रभाब – सम्बादाता
सैनिक आचरण र मर्यादाविपरित कार्य भएका भन्दै अफ्रिकाको कंगोमा खटिएका नेपाली सेनाका अधिकृत तथा जवानमाथि छानविन सुरू गरिएको छ ।
सैनिक जनसम्पर्क तथा निर्देशनालयका अनुसार उक्त घटनामा लाथि ज्येष्ठ सेनानीको (मेजर)को नेतृत्वमा छानविन सुरु गरिएको हो ।
शान्ति स्थापना कार्यमा संलग्न सेनाका सदस्यमा उच्चस्तरको अनुशासन कायम राख्न लागि छानविन अघि बढाएको नेपाली सेनाले जनाएको छ । गत विहीबार कंगोमा खटिएको क्याम्पमा सैनिक अधिकृतहरूले जवानलाई कुटपिट गरेका थिए ।
उक्त खबर सामाजिक सञ्जालमा भाइरल भएपछि जंगी अड्डाले प्रारम्भिक रुपमा छानविन थालेको जनाएको हो । प्रारम्भिक छानविनमा सैनिक जवान र क्याप्टेनहरूबीच झगडा हुँदा कुटपिट भएको बुझिएसँगै जंगी अड्डाले छानविन समिति नै गठन गरेको जनाएको हो ।
कंगोमा नेपाली सेनाको सात सय जनाको पल्टन शान्ति स्थापनार्थ खटिएको छ । सो पल्टन कंगोमा खटिएको १ वर्ष पूरा भएको छ, भने यही असोजमा नेपाल फर्कदैछ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !