- कपिलवस्तु ,असोज १० गते सनिवार ।।
- जनप्रभाब – धनी राम कोरी
कपिलवस्तुको बुद्धभुमी नगरपालिका वडा नं. १० वडा अध्यक्ष त्रिलोकीप्रसाद खरविन्दको मृत्यु भएको छ। ५६ वर्षिय वडा अध्यक्ष खरविन्दको शनिवार १० गते निधन भएको हो । खरविन्द मुटु र मृगौला रोगबाट पिडित थिए ।
उनी समाजवादी पार्टी बाट वडाध्यक्षको उम्मेदवार भई विजयी थिए । खरविन्दको अन्तीम संस्कार दिउँसो राम घाटमा गरिएकाे पुर्व समाजवादी पार्टीका जिल्ला अध्यक्ष शैलेन्द्र कुमार यादव ले बताउनु भयो ।
जनता समाजवादी पार्टीले हार्दिक श्रद्धाञ्जली काे विज्ञप्ति निकाले हाम्रो पार्टी र पहिचान सहितको संघीयता , लाेकतान्त्रिक , गणतन्त्र एवम् विभेद अन्त्य तथा समाजिक न्यायकाे आन्दोलनलाई अपुणर्निय क्षति भएको छ । दिवागत त्रिलाेकी खरविन्द प्रति जनता समाजवादी पार्टी नेपाल काे तर्फ बाट भावपुर्ण श्रद्धाञ्जली व्यक्त गर्दै वहाँ काे सन्तप्त परिवार जनमा जनता समाजवादी पार्टी हार्दिक संवेदना प्रकट गर्दछ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !