- सुनसरी ,असोज १० गते सनिवार ।।
- जनप्रभाब – सम्बादाता
युवाहरुमा लागुऔषको प्रयोग पनी पछिल्लो समय अत्यधिक वढेको भन्दै त्यसलाई रोकथाम र नियन्त्रण गर्न जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख एसपी कमल थापाले मातहतका प्रहरीलाई लागुऔषध विरुद्धको विशेष अपरेसन वारेमा जानकारी दिई व्यापक रुपमा प्रहरी परिचालन गरीदै आएको बताउनुभयो ।
प्रहरी सेवामा लागेपछि आफ्नो सेवा अवधिमा समाजका लागी केहि गर्नुपर्छ भन्ने मान्यता राख्ने जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख प्रहरी उपरीक्षक कमल थापा अएपछि छोटो समयमै लागुऔषध कारोवार गर्ने र प्रयोग गर्नेलाई समेत कानुनी कटघरामा उभ्याउन जिल्ला प्रहरी कार्यालय सुनसरी सफल देखिएको छ ।
त्यसैक्रममा सुनसरी जिल्लाको इनरुवा बजारक्षेत्रबाट शुक्रवार जिल्ला प्रहरी कार्यालय सुनसरीले ठूलो परिणाममा लागुऔषधसहित एक कारोवारीलाई पक्राउ गरेको छ ।
इनरुवा- १ स्थित सुपरमार्केट नजिक साईकलमा सखुवागाछीतर्फ जाने बाटोमा जादै गरेका शंकास्पद दुई जनालाई चेकजाँच गर्ने क्रममा डाईलेक्स डिसी नाम गरेको १ सय एमएलका ४९ वोतल लागुऔषधसहित एक जनालाई पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार साईकलको पछाडि बसेका हरिनगर गाउँपालिका ६ घुस्कीका अकमुल अन्सारीले बोकेको झोलामा उक्त लागुऔषध फेला परेको थियो ।
साईकल चालक हरिनगर ६ घुस्कीका मोहम्द इन्तियाज अन्सारी भने साइकल छाडेर तत्कालै भागेकाले उनको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।
प्रहरीले पक्राउ गरेका अकमुललाई लागुऔषध नियन्त्रण ऐन २०३३ बमोजिम सुनसरी जिल्ला अदालतबाट आवश्यक कानुनी कारवाहीका लागि अनुसन्धान गर्न ५ दिनको म्याद थप गरी हिरासतमा राखिएको छ ।
गाउँगाउँमा सवारी पहुँच, बजारीकरणसँगै लागुऔषधको जालो फैलँदो छ। सीमादेखि काठमाडौंमात्रै होइन, पहाडी जिल्लाका सहरोन्मुख गाउँमा पनि लागुऔषधको प्रयोग बढिरहेको छ। तीन ‘स’ अर्थात् सुलभता, संगत र सिकोका कारण युवापुस्ता लागुऔषधको डरलाग्दो भुमरीमा फँसिरहेका छन्।
लागुऔषध धन्दामा सीमापारिदेखि पहाडी जिल्ला र काठमाडौंसम्मका युवकको गिरोह सक्रिय रहेको प्रहरी अनुसन्धानले देखाएको छ। सीमापारि, मधेस र पहाडका युवाहरूको त्रिकोणात्मक सञ्जालले लागुऔषधको कारोबार फैलाइरहेको पाइएको छ। एउटा समूह पारिबाट वारिको सहरसम्म ल्याउने, अर्को समूह यहाँबाट पहाडी जिल्लाको सहरसम्म पु¥याउने र तेस्रो समूह काठमाडौंलगायत ठूला सहरसम्म लागुऔषध पु¥याउने गरेको तथ्य फेला परेको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख एसपी कमल थापाले बताए। एसपी थापाका अनुसार सीमादेखि सहरसम्म निगरानी बढाएर नियन्त्रण अभियान सञ्चालन गरिएको छ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !