- झलारी ,असोज १० गते सनिवार ।।
- जनप्रभाब – सम्बादाता
कोरोना भाइरस ( कोभिड-१९ ) को कहरबाट सिङ्गो मानव समुदाय आक्रान्त बनिरहेको छ र यसबाट बाँच्नका लागि मानिसलाई चिन्ता भइरहेको छ । यस वर्ष कोरोनाले बैशाखदेखिका चाडपर्व समेत उल्लासमय वातावरणमा हुन सकेका छैनन् ।
तर, दशैँ-तिहार शुरु नहुँदै कञ्चनपुरमा लाखौँका जुवातासकाे खेल सुरू भइसकेकाे छ । त्यो पनि स्थानीय प्रहरीको संरक्षण र मिलोमतोमा ।
जुवा खेलाउने साहुले स्थानीय प्रहरीलाई गिफ्टस्वरुप भौतिक तथा अभौतिक वस्तु दिएर फकाएपछि स्थानीय प्रहरीले नागरिक स्तरबाट गुनासो आउँदा पनि वास्ता राखेन । गाँउकै स्थानीय प्रहरीले थाहा पाई-पाई पक्राउ नगर्ने छाटकाँट देखेपछि स्थानीयले सीधै जिल्ला प्रहरी कार्यालयमा गुनासो राखेका छन् ।
ईलाका प्रहरी कार्यालय झलारीदेखि दक्षिण करिब ५ किलोमिटर दुरीमा रहेको स्थानमा खुल्लमखुल्ला जुवातास भइरहेकाे देखेर त्यहाँका स्थानीय बुद्धिजीवीलगायका स्थानीयले प्रहरीलाई घचघच्याएका थिए । तर पनि प्रहरीले उनीहरूलाइ पक्राउ नगरेपछि जिल्लाको टोलीले पक्राउ गरेको छ । यस घटनाले स्थानीय प्रहरी जुवातास नियन्त्रणमा सकृय नरहेको स्थानीयमा बुझाइ बनेकाे छ ।
गएराति जिल्ला प्रहरी कार्यालयको टोलीको नेतृत्वमा शुक्लाफाँटा नगरपालिका- २ झलारीबाट जुवा खेलाउने साहुसहित १९ जना पक्राउ गरेको छ । कञ्चनपुरका प्रहरी प्रवक्ता अमर बहादुर थापाले स्थानीय डबल बहादुर ऐरले आफ्नै होटलमा जुवा खेलाइरहेको अवस्थामा पक्राउ गरिएको बताए । उनका अनुसार साहु ऐरसहित १९ जुवाडे र खालबाट २ लाख ४४ हजार रुपैयाँ नगद बरामद गरिएको छ ।
पक्राउ पर्नेमा कैलाली र कञ्चनपुरका स्थानीय रहेका छन् । उनीहरुलाई यतिबेला जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको हि’रासतमा राखिएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !