- विराटनगर ,असोज १० गते सनिवार ।।
- जनप्रभाब – सम्बादाता
विराटनगरस्थित गुद्री बजारबाट प्याजमा कालो बजारी गरेको आरोपमा प्रहरी नियन्त्रणमा परेका दुई जना व्यापारी ८० हजार धरौटीमा छुटेका छन् ।
गुद्री बजारमा सञ्चालित होलसेल पसल गरेर बसेका सञ्जयकुमार गुप्ता र मुकेशकुमार सहनीलाई जनही ४०/४० हजार रुपैयाँ धरौटी बुझाएर छुटेका हुन् । उनीहरु सस्तोमा किनेका प्याज दोब्बर भन्दा बढी मूल्य लिएर बेचेको अभियोगमा प्रहरीले नियन्त्रणमा लिएको थियो ।
उनीहरुलाई असोज ४ गते जिल्ला प्रहरी कार्यालय मोरङमा कालोबजारी तथा केही अन्य सामाजिक अपराध तथा सजाय ऐन २०३२ अनुसार ७ दिनको म्याद थप गरी अनुसन्धान अगाडि बढाइएकोे थियो । जिल्ला प्रहरी कार्यालय मोरङले अनुसन्धान प्रतिबेदन शुक्रबार जिल्ला प्रशासन कार्यालय मोरङमा बुझाएको थियो ।
प्रहरीले अनुसन्धान प्रतिबेदन बुझाएपछि मोरङका प्रमुख जिल्ला अधिकारी कोशहरी निरौलाको इजलाशले दुबै जनालाई जनही ४०/४० हजार धरौटीमा छोडिदिएको जिल्ला प्रशासन कार्यालय मोरङले जनाएको छ ।
भारतले प्याज निर्यातमा रोक लगाएपछि बजारमा कृतिम अभाव देखाएर व्यापारीहरुले दोब्बर मूल्यमा विक्री गरिरहेको गुनासो आएपछि जिल्ला प्रशासन कार्यालयले अनुगमन गरेको थियो ।
प्याजको हाहाकार भएको र कालोबजारी गरेको सूचना पाएपछि प्रहरीले छापा मार्दा प्रति किलो ४७ रुपैयाँमा खरिद गरेर एक सय रुपैयाँ किलोले विक्री गर्दै गरेको पाइएपछि उनीहरुलाई नियन्त्रणमा लिएर मुद्धा चलाएको मोरङ प्रहरी प्रमुख एसपी सन्तोष खड्काले जानकारी दिए ।
कालोबजारी गरेको आरोपमा नियन्त्रणमा परेका गुप्ताले विजयकुमार योगेश पसल र सहनीले तनिसा टे«डर्स पसल सञ्चालन गर्दै आएका थिए ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !