- काठमाडौं ,असोज १० गते सनिवार ।।
- जनप्रभाब – सम्बादाता
नेपाल प्रहरीका प्रहरी नायब निरीक्षक (सई) ध्रुव रावल होटलमा मृत अवस्थामा फेला परेका छन् । जिल्लाको महाकाली नगरपालिका–४ बंगाबगडको होटलमा सई रावल आज बिहान मृत अवस्थामा फेला परेको प्रहरी निरीक्षक सुरेन्द्रप्रसाद जोशीले जानकारी दिनु भयो ।
४० वर्षीय सई रावलको स्थायी घर कैलालीको टीकापुरमा रहेको जोशीले जानकारी दिए । इलाका प्रहरी कार्यालय, हुतीको लागि सरूवा भएका उनी राति होटलमा बास बसेका थिए ।
प्रेसरका बिरामी रहेका रावल सरुवा भएर हुती जाँदै थिए । उनी होटलको बाथरुममा मृत अवस्थामा फेला परेको इन्सपेक्टर रावलले जानकारी दिए ।
लडिरहेको अवस्थामा भेटिएका रावललाई जिल्ला अस्पताल दार्चुला लगिएको थियो । उनलाई चिकित्सकले मृत घोषणा गरेका थिए । प्रहरीले घटनाको विषयमा थप अनुसन्धान भइरहेको जानकारी दियो ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !