- काठमाडौं ,असोज ९ गते शुक्रबार ।।
- जनप्रभाब – सम्बादाता
नेपाल कम्युनिस्ट पार्टी ( नेकपा ) का सचीवलाय सदस्य एवम् गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले भारतद्वारा अतिक्रमित नेपाली भूमि कालापानी क्षेत्रको अवलोकन गर्नुभएको छ ।
छाङरुको गागामा स्थापना भएको सशस्त्र प्रहरी ५० नम्बर गुल्मको भवन शिलान्यासका लागि शुक्रवार दिउँसो त्यहाँ पुग्नुभएका मन्त्री थापाले सो क्षेत्रको स्थलगत निरीक्षण गर्नुभएको हो ।
मन्त्री थापाले कालापानी क्षेत्रमा नेपालको स्वामित्वमा रहेको छाङरुको गागा र सीतापुलको निरीक्षण गर्नुभएको हो । त्यसैगरी चीनसँग जोडिएको तिंकरको वस्तुस्थितिबारे पनि उनले जानकारी लिनु भएको छ ।
साथै भारतीय सुरक्षाकर्मी बसेको कालापानी र गर्ब्याङ गाउँबारे पनि स्थानीय सुरक्षा अधिकारीबाट जानकारी लिनुभएको छ । थापाले भोलि विहान तिंकर र कालापानी क्षेत्रमा हवाई निरीक्षण गर्ने कार्यक्रम रहेको सुरक्षा अधिकारीहरुले जानकारी दिएका छन् ।
नेपाली सेनाको हेलिकोप्टरमार्फत छाङरु पुगेका गृहमन्त्री थापाको टोली आज छाङरुमै बास बस्ने दार्चुलाका प्रमुख जिल्ला अधिकारी शरदकुमार पोखरेलले बताउँनु भयो ।
गृहमन्त्रीको टोली शनिवार निरीक्षण गरेर व्यासबाट फर्किने कार्यतालिका छ । गृहमन्त्रीको टोलीमा दार्चुलाका सांसद गणेशसिंह ठगुन्ना, सशस्त्र प्रहरी प्रमुख आईजीपी शैलेन्द्र खनाल, गृह सचिव महेश्वर न्यौपाने, सुरक्षा सल्लाहकार इन्द्रजीत राईलगायत छन् ।
छाङरुमा गुल्म स्थापनासँगै एक साताअघि डीएसपी धिरेन्द्र शाहको कमाण्डमा टोली खटिइसकेको छ । गुल्ममा १६० जना रहनेछन् । यसअघि बीओपीमा इन्सपेक्टरको कमाण्डमा २५ जना थिए ।
बीओपीलाई कालापानीको फेदमा रहेको माथिल्लो कौवामा सार्ने निर्णय भइसकेको छ । बीओपी स्थापनाका लागि जग्गा पनि निश्चित भइसकेको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !