Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

पश्चिम नवलपरासी बन्यो तस्करीको अखाडा

प्रहरीको संरक्षणमा केराउ र सुपारीको खुलेआम तस्करी

काठमाडौं ,असोज ९ गते शुक्रबार ।।

जनप्रभाब – सम्बादाता

एक र दुई नम्बर प्रदेशका काँकडभिट्टा, बीरगंज लगायतका सीमाबाट हुने तस्करीमा कडाई गरेपछि तस्करहरुले पाँच नम्बर प्रदेशस्थित पश्चिम नवलपरासीको महेशपुर नाकाबाट सुपारी र केराउ भारततर्फ पठाउन थालेका छन् । २०७७ साउन ३० मा एकैदिन १ लाख २६ हजार किलो हरियो केराउ बीरगंज र बाराबाट नलपरासीमा गएको बिलबिजक फेलापरेका छन् । एक दिनमै साढे १ लाख किलो केराउ बीरगंज र बाराबाट नवलपरासी, भैरहवा र बीरगंजका नाममा गएको प्रमाण नै प्राप्त भएको छ ।

त्यस्तै, सुपारी तस्करहरुले १ नम्बर प्रदेशको काँकडभित्ता नाका र बिराटनगर नाकामा कडाई भएकाले नवलपरासीको महेशपुर नाकाबाट तस्करी सुरु गर्न थालेका छन् । २०७७ साउन ३० मा मात्रै करिब ३३ हजार किलो सुपारी १ नम्बर प्रदेशको काँकडभित्ता र बिराटनगरबाट सीमा पार गराउन सम्भव नभएपछि महेशपुर नाकाबाट गराइएको हो ।

पश्चिम नवलपरासीका नेपाल प्रहरीका एसपी अजय केसी, सशस्त्रको २६ नम्बर गण पश्चिम नवलपरासीका एसपी महेश अधिकारीसम्मलाई मिलाएर महेशपुर नाकाबाट केराउदेखि मदिरासम्म भारततर्फ तस्करी भइरहेको छ । स्रोतका अनुसार तस्करहरुले ५ नम्बर प्रदेशका डीआइजी रविन्द्रबहादुर धानुकसँग पनि सेटिङ गरी गएको साउनयता करोडौं मूल्यबराबरको सुपारी र केराउ महेशपुर नाकाबाट खुलेआम तस्करी गराउँदैआएका छन् । डीआइजी धानुकले तस्करहरुलाई सहज बनाउनका लागि सीमा प्रहरी चौकीका इन्चार्ज आफ्नो इशारामा चल्ने टोपेन्द्र बुढामगरलाई लगेका थिए । जिल्लाका एसपी केसी, सशस्त्रका एसपी अधिकारी र डीआइजीको मिलेमतोमा सुपारी र केराउ सुनवल हुँदै जाने गरेको छ । बर्दघाटको बाटोबाट पनि महेशपुरमा केराउ र सुपारी तस्करी हुँदैआएको छ । सुरुमा डीआइजी धानुक र एसपीको तस्करीको लाइन खोल्नेबारेमा कुरा नमिले पनि कांग्रेस नेता देवेन्द्रराज कणेल(मुन्नाबाबु)ले सेटिङ गरी साउनदेखि यतामात्रै ठूलो परिमाणमा सुपारी र केराउ भारततर्फ तस्करीको माध्यमबाट पुर्याउन सफल भएका छन् । तर ५ नम्बर प्रदेशका डीआइजी धानुकले महेशपुर नाकाबाट तस्करी हुने गरेको कुरा अस्वीकार गरे । उनले भने, ‘नवलपरासीमा मटर(केराउ) बोकेको गाडी त छिर्नै बन्द गरेका छौं ।’

तर उनले केराउ बोकेको गाडी जिल्लामा छिर्नै नदिएको दाबी गरे पनि बालाजी इन्टरप्राइजेज प्रालिले सिद्धार्थ मल्टिनेशनल प्रालिका नाममा २०७७ साउन ३० मा ४ सय २० बोरा अर्थात् २१ हजार किलो हरियो मटर बीरगंजदेखि नवलपरासी पठाएको मोटर चलानी नम्बर नै प्राप्त भएको छ । ना.५ ख ७७३६ नम्बरको सफल ट्रान्सपोर्टको ट्रकमा बीरगंजबाट नललपरासीमा केराउ ढुवानी भएको देखिन्छ ।

रुंगटा प्रोसेसिङ इन्डष्ट्रिज परवानीपुर २०७७ बाराबाट साउन ३० मै ‘मा बैष्णोदेवी गल्लाभण्डार परासी’ को नाममा हरा मटर(केराउ) ४ सय ५० बोरा (२१हजार किलो) पठाएको चलानी नम्बर पनि प्राप्त भएको छ । ना ९ ख ३८६३ नम्बरको ट्रकमा १८ लाख ९० हजारको उक्त केराउ पनि भारततर्फ नै तस्करीका लागि बाराबाट परासी लगिएको स्रोत बताउँछ । स्रोतका अनुसार साउन ३० मै बालाजी इन्टरप्राइजेज बीरगंज आदर्शनगरबाट सिद्धार्थ मल्टिनेशनल प्रालि नवलपरासीका नाममा १७ लाख १ हजार रुपैयाँको ४ सय २० बोरा(२१ हजार किलो) केराउ पठाएको देखिन्छ । बालाजी इन्टरप्राइजेज प्रालि बीरगंजले श्री हनुमान जेटी ट्रेडर्स नवलपरासीका नाममा २१ हजार किलो हरियो केराउ पठाएको प्रमाण पनि फेलापरेको छ ।

जय मा अम्बे ट्रेडिङ पर्सा बीरगंजबाट पशुपति जेनरल स्टोर रामग्राम–६, परासीका नाममा २०७७ साउन ३० मै २१ हजार किलो केराउ प्रतिकेजी ८९ रुपैयाँ ५० पैसामा पठाएको देखिन्छ । जुन भारतमै पठाउनका लागि हो । ना ६ ख ५४०८ गाडीबाट १८ लाख ७९ हजार ५ सय रुपैयाँको उक्त केराउ पनि परासीमा तस्करीकै लागि बीरगंजबाट पठाइएको स्रोत बताउँछ ।

शंकर ट्रेड एण्ड कन्सर्न बीरगंजबाट साउन ३० मा सफेद मटर(केराउ) ५० केजीको बोरामा ४ सय २० बोरा(२१ हजार किलो) केराउ जय विद्या ट्रेडर्स भैरहवाका नाममा चलानी काटेको प्रमाण पनि प्राप्त भएको छ । ना ६ ख ४४०९ नम्बरको ट्रकमा प्रतिकिलो ४६ रुपैयाँका दरले ९ लाख ६६ हजार बराबरको सेतो केराउ तस्करहरुले महेशपुर नाकाबाटै तस्करी गराउन सफल भएका छन् । चलानी भैरहवाको काटे पनि त्यहाँबाट प्रमुख जिल्ला अधिकारीदेखि राजस्व अनुसन्धान विभाग पनि सेटिङ गर्दा असम्भव हुनेभएपछि महेशपुरबाटै भारततर्फ पठाउन तस्करहरु सफल भएका छन् ।

२०७७ साउन ३० मै रामटोबाको उद्योग प्रालि बुटवलका नाममा झापाको बि.एस. ट्रेडवेल, मेचीनगर,काँकडभिट्टाले १६ हजार किलो सुपारीको चलानी काटेको छ । र, ४० लाख ६८ हजार रुपैयाँको उक्त सुपारी पनि भारततर्फ तस्करी भएको स्रोतको दाबी छ । प्रतिकेजी २ सय २५ रुपैयाँको उक्त सुपारी पनि महेशपुरबाटै भारततर्फ पठाइएको छ ।

ट्रलिप इन्टरनेशनल, बिराटनगर–२ बाट श्रीराम टोबाको उद्योग प्रालि बुटवलको नाममा १६ हजार २० किलो(२६७ बोरा) सुपारी साउन ३० मै महेशपुरबाट तस्करीमार्फत् भारततर्फ पठाइएको छ । ३७ लाख २९ हजार १ सय ३५ रुपैयाँ बराबरको सुपारी बिराटनगरको ट्रलिप इन्टरनेशनलको नाममा कर बिजक देखाएर परासीबाट भारततर्फ तस्करी गराइएको छ ।

१ र २ नम्बर प्रदेशबाट तस्करी गर्न नपाएछि तस्करहरुले सुपारी र केराउ तस्करी गर्न सीमा नाका महेशपुरलाई प्रयोग गर्दैआएका छन् । महेशपुर नाकाबाट तस्करीको लाइन चलाउन सीमा प्रहरीका इन्चार्ज टोपेन्द्र बुढामगरदेखि डीआइजीसम्मकै मिलेमतो रहेको स्रोत बताउँछ । डीआइजी धानुक दाङमा रहेको प्रदेश कार्यालयमा बस्दैनन् । बढीभन्दा बढी समय बुटवल तालिम केन्द्रमा रहेको प्रदेश प्रहरीको सम्पर्क कार्यालयमै बस्दछन् । केही दिनअघि एसपी अजय केसीको पहलमा तस्करीका बादशाहका रुपमा उदाएका महेन्द्र ठाकुरसँँग पनि डीआइजी धानुकको भेट भएको थियो । रामग्राम नगरपालिका वडा नम्बर ८ का वडाध्यक्ष ठाकुर महेशपुर नाकाबाट भारततर्फ तस्करी गर्ने मुख्य हर्ताकर्ता हुन् । कांग्रेसबाट वडाध्यक्ष जितेका उनी देवेन्द्रराज कणेलबाट संरक्षित तस्कर हुन् । पछिल्लो समयमा केराउ, सुपारीदेखि मदिरासम्मको तस्करी गर्नेमा उनी अग्रपंक्तिमा पर्दछन् ।

केही महिनाअघि भारतीय टीभी च्यानलले नेपालको महेशपुर नाकाबाट प्रहरीकै मिलेमतोमा केराउ, मरिच र मदिरा नेपालबाट भारतमा तस्करी हुने गरेको प्रचार गरेका थिए । भारतको ठुठीबारी बजारमा नेपालबाट तस्करी गरी लगिएको केराउ, मरिच र छोगडा भारतीय प्रहरीले बरामद गरेको भिडियो नै प्रशारण गरेका थिए ।

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न
जनप्रभाबन्युज विशेष

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न

5 months पहिले
लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान
जनप्रभाबन्युज विशेष

लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान

6 months पहिले
सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’
जनप्रभाबन्युज विशेष

सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’

6 months पहिले
सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश
जनप्रभाबन्युज विशेष

सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

7 months पहिले
संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले
जनप्रभाबन्युज विशेष

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

8 months पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ
जनप्रभाबन्युज विशेष

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

8 months पहिले

ताजा समाचार

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh