- सप्तरी ,असोज ९ गते शुक्रबार ।।
- जनप्रभाब – आलोक यादव
प्रहरीको सक्रियता बढेसँगै जिल्ला प्रहरी कार्यालय सप्तरीले १ दिनमै १४ फरार अभियुक्त समातेको छ । धमाधम फरार अभियुक्त प्रहरीले पक्डन थालेपछि जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रमुख प्रहरी उपरीक्षक ( एसपी ) राजेन्द्र प्रसाद धमला चर्चामा आएका मात्र छैनन् कि प्रहरीले यसपछि कता आँखा लगाउने हो भन्ने चासो पनि बढेको छ ।
एसपी धमला २०७७/५/०४ गते प्रहरी प्रधान कार्यालय तालिम महाशाखा नक्साल , काठमाडौंबाट सप्तरीमा आएका थिए । “अपराध गर्नेहरु निस्फिक्री हिड्दा अपराध गरेपनि केही हुँदैन भन्ने भावानाको विकास हुन्छ, त्यसलाई अत्य गर्न अभियानकै रुपमा टोली परिचालन गर्दा उनीहरु समातिएका हुन्”, एसपी धमलाले बताए ।
जिल्ला अदालतबाट विभिन्न मुद्धामा फैसला भएपछि फरार रहेकालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक ( डिएसपी ) तिलक भारतीले जानकारी दिनुभयो ।
घरमै लुकिछिपी बसिरहेका उनीहरुलाई जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सन्तोषकुमार खड्काको नेतृत्वमा खटिएको टोलीले पक्राउ गरी आज जिल्ला अदालतमा उपस्थित गराएको प्रनाउ भारतीले बताए ।
पक्राउ पर्नेमा कुटपिट अङ्गभङ्ग मुद्धाका फरार राजविराज नपा–९ का शुबंस साह र उनकी श्रीमती लिलावती साह छन् । कुटपिट मुद्धामा राजविराज–१ का ४५ वर्षीय शंकरकुमार यादव र उहाँका भाइ ३५ वर्षीय लक्ष्मण यादव पक्राउ परेका छन् ।
लुटपिट मुद्धामा राजविराज–१ का ७५ वर्षीय गोसाई यादव, केही सार्वजनिक अपराध मुद्धामा राजविराज–१ का ४८ वर्षीय बडेलाल यादव र जालसाजी मुद्धामा राजविराज–६ का ५६ वर्षीय झबर यादव पक्राउ परेको प्रनाउ भारतीले बताए ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !