एकैदिन देशभर १ हजार ८ सय ९३ संक्रमित निको भएर घर फर्किए
- काठमाडौं ,असोज ७ गते बुधबार ।।
- जनप्रभाब – सम्बादाता
कोरोना भाइरस ( कोभिड १९ ) को संक्रमणबाट पछिल्लो २४ घण्टामा देशभर १ हजार ८ सय ९३ जना निको भएर घर फर्किएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरबाट १ हजार ८ सय ९३ जना निको हुँदा डिस्चार्ज हुनेहरुको कुल संख्या ४९ हजार ९ सय ५४ पुगेको छ । निको हुनेको यो प्रतिशतमा कुल ७३ दशमलव ७ प्रतिशत हो ।
त्यस्तै, देशभर सक्रिय संक्रमितहरुको संख्या १७ हजार ४ सय १४ रहेको छ । यसैगरी क्वारेन्टाइनमा रहनेको संख्या ७ हजार १ सय ४ रहेको छ । यस्तै होम आइसोलेसनमा रहनेको संख्या ९ हजार १ सय ८६ रहेको छ भने संस्थागत आइसोलेसनमा ८ हजार २ सय २८ जना छन् ।
पछिल्लो २४ घण्टामा देशभर ९ हजार ४ सय ४९ जनाको पीसीआर परीक्षण हुँदा हालसम्म कुल ९ लाख ४४ हजार ४ सय ७४ जनाको पीसीआर परीक्षण भएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !