रोकिएन तस्करी भारततर्फ लैजादै गरेको असि बोरा मटरसहित चालक पक्राउ


  • सुनसरि ,असोज ७ गते बुधबार ।।
  • जनप्रभाब – सम्बादाता



नेपाल–भारत सीमा सिल गरिएको अवस्थामा सुनसरीको देवानगंज ६ स्थितबाट भारततर्फ

लैजादै गरेको अवस्थामा ८० बोरा सेतो मटरसहित प्रहरीले गाडी र गाडी चालकलाई नियन्त्रणमा लिएको छ । बिशेष सुराकीका आधारमा खटिएको प्रहरी टोलीले सोमबार देवानगंज स्थित नेपाल–भारत सीमा

एरियाबाट को १ च ८३६० नम्बरको पिकअप गाडीलाई नियन्त्रणमा लिईएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।नियन्त्रण पश्चात गाडी चेकजाँच गर्ने क्रममा प्लाष्टिकले छोपेर लुकाई छिपाई राखिएको अवस्थामा

करिब १ लाख बराबरको ८० बोरा सेतो मटर फेला पारी बरामद गरिएको छ ।

मटरसँगै मोरंङ जहदा गा.पा.वडा नं ३ वस्ने वर्ष ३२ को पवन राजवंशीलाई नियन्त्रणमा लिएको बताईएको छ ।

बरामद गरिएको मटर, पिकअप गाडी र चालकसमेतलाई आवश्यक कारबाहीको लागि सुनसरी भन्सार कार्यालय कोशी व्यारेज बुझाईएको उक्त कार्यालयले जनाएको छ । पछिल्लो समयमा नेपालबाट भारततर्फ हरियो मटर, मरिच र सुपाडीको कारोवार फस्टाएको छ ।

विशेष गरेर विराटनगरबाट ट्रयाक्टरमै राखेर सुनसरीको विभिन्न नाकाहरुबाट यसको कारोवार हुँदै आएको छ ।

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

फेसबुकबाट तपाईको प्रतिक्रिया !

ताजा समाचार