- सिरहा ,असोज ७ गते बुधबार ।।
- जनप्रभाब – सम्बादाता
सीमा क्षेत्रमा सशस्त्रका बाेर्डर आउट पाेस्ट काेभिड माहामारीपछि स्थापित भएकाकाे संख्या धेरै छ । स्वभाविक छ, विषम परिस्थितीमा राज्यले दिएकाे जिम्मेवारी पूरा गर्न खटिएका सशस्त्रका अधिकृत र जवान न्युनतम सुविधामा सीमामा खटिएका छन् । उनीहरू उपर पटकपटक तस्कर समूह र अनाधिकृत प्रवेश गर्न खाेज्नेहरूबाट आक्रमण भईरहेकाे छ।
यस्ता अनेकन बाधा अडचन पन्छाउदै जुधिरहेका उनीहरूले आईतबार देखि भने आफ्ना संगठन प्रमुखलाई आफुसँगै पाउँदा ती घाउहरूमा मल्हम लागेकाे अनुभव गरिरहेका छन् ।
आफ्ना कर्मचारिको पिरमर्का बुझ्न र फिल्डमा भइरहेका गतिविधीकाे जानकारी लिन सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाल दुई नम्बर प्रदेश निरीक्षणमा छन्। उनले निरीक्षणकाे देशब्यापी अभियान प्रदेश दुईकाे सप्तरीबाट शुरु गरेका हुन् ।
उनले सीमा क्षेत्रमा रहेका बोर्डर आउट पोस्ट तथा कोरोना संक्रमण नियन्त्रण गर्न स्थापना गरिएका फर्वाड बेशहरुको निरीक्षण गरेका हुन् ।
संगठन प्रमुखले तल्ला दर्जाका कर्मचारीलाई प्रत्यक्ष भेटेर उनीहरुको समस्या सुन्ने , कसरी डिउटी परिचालित छन् भनेर बुझ्ने र उनिहरुको हौसला बढाउन याे कारवाही भएकाे सशस्त्र प्रहरी बल मुख्यालय हलचोकले जनाएको छ । निरिक्षणका क्रममा महानिरिक्षक खनालले बिषम परिस्थितिमा रास्ट्रको सेवामा खटिनु पर्ने आफ्नो कर्तब्यलाई नभुल्न र राज्यले दिएको जिम्मेवारि उच्च अनुशासन , नैतिकता र इमान्दारिताका साथ त्रुटिरहित ढंगले पुरा गर्न निर्देशन दिए।
त्रिपाल मुनि बसेर डिउटी गरिरहेका कर्मचारीलाई प्रत्यक्ष भेटेर सुख दुखका कुरा गर्दै महानिरीक्षक खनालले उनीहरूकाे सम्पर्णका लागि धन्यबाद दिएका थिए ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !