- सिरहा,असोज ६ गते मंगलवार ।।
- जनप्रभाब – सम्बादाता
जिल्ला प्रशासन कार्यालय सिरहाले दैनिक र मासिक सम्पादन भएको काम सार्वजनिक गर्न थालेको छ । नयाँ प्रमुख जिल्ला अधिकारी ( सिडियो ) प्रदिप कंडेलले जिम्मेवारी सम्हालेको केहि दिनमै कार्यालयबाट नमूना कामको थालनी गरेका छन् ।
जिल्ला प्रशासन कार्यालय सिरहाले कार्यालयबाट भएका काम र संकलन भएको राजश्व सार्वजनिक गरेको छ । सरकारी कार्यालयमा सूचना लुकाउने घटनाले सेवाग्राही सूचनाको अधिकारबाट बञ्चित हुदै आएका थिए । तर, सिरहा जिल्ला प्रशासनले सखुवानान्कारकट्टि गाउँपालिकाले जस्तै दैनिक र मासिक सम्पादन भएका काम र संकलन भएको राजश्व सार्वजनिक गर्न थालेको छ ।
सखुवानान्कारट्टि गाउँपालिकाले दैनिक र मासिक आम्दानी, खर्च र सबै गतिविधि हरेक दिन सार्वजनिक गर्दै आएको छ । भदौ महिनामा जिल्ला प्रशासन कार्यालय सिरहाले वंसज नागरिकता २७ र प्रतिलिपि नागरिक २० जनालाई प्रदान गरेको छ । कार्यालयले साधारण राहदानी सिफारिस १७ र द्रत राहदानी सिफारिस ५ जनालाई प्रदान गरेको सार्वजनिक गरेको छ । मुद्दा दर्ता १३ , मुद्दा फैसला १६ गरेको छ । नाबालाक परिचय पत्र १ जनालाई प्रदान गरेको छ । कोभिड-१९ को अवस्थाबारे बुझ्न् ९ पटक बैठक बसेको सार्वजनिक गरेको छ । कार्यालयले बजार अनुगमन १ पटक गरेको छ । कार्यालयले मधेसी / जनजाति प्रमाणिात ९ जनालाई र फोटो सहित ५ जनालाई प्रदान गरेको छ । विविध बैठक १ पटक बसेको छ । कार्यालयले उजुरी फछ्र्यौट १२ वटा गरेको छ । कार्यालयले हातहतियार नविकरण १ वटा गरेको छ । कार्यालयले संघसंस्था नविकरण ३ वटा गरेको छ । जिल्ला सुरक्षा समितिको बैठक ५ पटक बसेको छ । कारागारमा बन्दीको संख्या ५९९ र २ जना आश्रित रहेको विवरण सार्वजनिक गरेको छ । कार्यालयले भदौ महिनामा वैदेशिक रोजगार क्षतिपूर्ति १९ लाख २६ हजार ४ सय १७ रुपैयाँ वितरण गरेको सार्वजनिक गरेको छ । कार्यालयले भदौ महिनामा दैवि प्रकोप ५ हजार रुपैयाँ वितरण गरेको छ । कार्यालयले भदौ महिनामा सवारी दुर्घटनाबाट पीडितलाई ७ लाख ५० हजार रुपैयाँ उपलब्ध गराइएको सार्वजनिक गरेको छ । कार्यालयले भदौ महिनामा २३ हजार ६ सय १५ रुपैयाँ राजश्व संकलन गरेको विवरण सार्वजनिक गरेको छ । कार्यालयले भदौ महिनाको बजेटबाट १३ लाख २५ हजार ९ सय ८६ रुपैयाँ खर्च गरेको सार्वजनिक गरेको छ ।
प्रजिअ कंडेलले नागरिकको सूसुचित हुन पाउने अधिकारीलाई ख्याल गरेर कार्यालयबाट सार्वजनिकिकरणको काम थालनी गरेको बताए । उनले उक्त कार्यालयबाट सूचना सार्वजनिक गर्ने काम निरन्तर अघि बढाउने जानकारी दिए ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !