Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

मन्त्रिपरिषद् हेरफेरमा प्रधानमन्त्रीका तीन प्रस्ताव : विकल्पमा मन्त्रालय फुटाएर मन्त्री थप्ने

  • काठमाडौं ,असोज ५ गते सोमबार ।।
  • जनप्रभाब – सम्बादाता

सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी ( नेकपा ) मा मन्त्रिपरिषद् हेरफेरको विषय ज्वलन्त रूपमा उठिरहेको छ । तर अहिलेसम्म कसरी हेरफेर गर्ने भन्ने टुंगो लाग्न सकेको छैन । मन्त्रीहरूको सिंगो सेट नै परिवर्तन गरेर नयाँलाई अवसर दिनुपर्नेदेखि ‘पफमेन्स’ लगायतलाई आधार मानेर मन्त्रिपरिषद् हेरफेर गर्नेसम्मका मत नेकपाभित्र उब्जेका छन् । यहीबीच प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो मन्त्रिपरिषद् हेरफेर गर्न विकल्पसहित तीन वटा प्रस्ताव अघि सारेको स्रोत बताउँछ ।

२०७७ असोज ४ गते आइतबार बसेको नेकपाको सचिवालय बैठकमा मन्त्रिमण्डल पुनर्गठनको आवश्यकता देखिएको र त्यस एजेण्डामा गम्भीरताका साथ छलफल सुरु भएको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिएका छन् ।

स्रोतका अनुसार, प्रधानमन्त्री केपी शर्मा ओली आफ्नो मन्त्रिपरिषद्को सिंगो सेट नै परिवर्तन गर्ने पक्षमा भने नरहेको बताइन्छ । केही मन्त्रीको कार्यशैलीप्रति स्वयं प्रधानमन्त्री ओली सन्तुष्ट नरहे पनि तिनकै कारण पूरै मन्त्री परिवर्तन गर्न नहुने मत प्रधानमन्त्रीको रहेको स्रोतको दावी छ । त्यसैले प्रधानमन्त्री ओलीले संविधान जारीपछि मर्ज भएका मन्त्रालयलाई फेरि फुटाएर थप तीन मन्त्री थप्ने विकल्प पनि अघि सारेको थाहा भएको छ । स्रोतका अनुसार, कम्तीमा तीन मन्त्रालय फुटाउने प्रस्ताव प्रधानमन्त्रीको छ ।

तीनवटा मन्त्रालय फुटाएर मन्त्रीहरू थप गर्दा मन्त्रिपरिषद् सदस्य संख्या २५ जनाबाट नबढ्ने भएकाले राज्यमन्त्री नराख्ने मनस्थितिमा पनि प्रधानमन्त्री ओली रहेको बताइन्छ । हाल मोतीलाल दुगड, नवराज रावत र रामवीर मानन्धर राज्यमन्त्री छन् ।

अहिले तीन मन्त्रालय अर्थ, सञ्चार तथा सूचना प्रविधि र सहरी विकास मन्त्रालय रिक्त छन् । युवराज खतिवडा २०७७ भदौ १९ बाट बिदा भएपछि अर्थ र सञ्चार तथा उपेन्द्र यादव नेतृत्वको दलले सरकार छाडेदेखि नै सहरी विकास मन्त्रालय रिक्त भएका हुन् । ३ मन्त्रालय अहिले नै खाली रहेको र अब ३ मन्त्रालय फुटाएर ६ वटा बनाउँदा बहालवाला मन्त्रीलाई बिदा गर्नु नपर्ने प्रधानमन्त्रीको हिसाब छ ।

सेट नै परिवर्तन
मन्त्रिपरिषद् हेरफेरका लागि प्रधानमन्त्री ओलीले दोस्रो विकल्प पनि प्रस्तुत गरेको स्रोत बताउछ । दोस्रो विकल्पका रूपमा प्रधानमन्त्रीले सिंगो सेट नै परिवर्तन गर्ने प्रस्ताव राखेको बताइएको छ । यसो भएमा बीचमा जिम्मेवारी पाएका मन्त्री पनि बाहिरिने छन् ।

सिंगो सेट नै परिवर्तन गर्ने प्रस्ताव प्रधानमन्त्रीले गरे पनि उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल र गृहमन्त्री रामबहादुर थापाले भने निरन्तरता पाउने सम्भावना छ । किनभने, प्रधानमन्त्रीले यी दुई पात्रप्रति सकारात्मक रहेका छन् । संकटका बेला साथ दिएकाले प्रधानमन्त्री ओली पोखरेल र थापालाई निरन्तरता दिने पक्षमा रहेको बताइन्छ ।

प्रधानमन्त्रीको दोस्रो प्रस्ताव अनुसार मन्त्रिपरिषद् हेरफेर भएमा बादलले गृहमै निरन्तरता पाउने सम्भावना भए पनि ईश्वर पोखरेलको रक्षा मन्त्रालय भने परिवर्तन हुनसक्ने बताइएको छ । अन्य मन्त्रीमा भने काम गर्न सक्ने जाँगरिला पात्रलाई अवसर दिनुपर्ने प्रस्ताव प्रधानमन्त्रीको रहेको छ ।

२ वर्ष पुगेकालाई बिदा गर्ने
मन्त्रीको जिम्मेवारी २ वर्षदेखि सम्हाल्दै आएकालाई बिदा गर्ने तेस्रो विकल्प पनि प्रधानमन्त्रीले अघि सारेका छन् । पफमेन्स पनि राम्रो नभएको र धेरैले मन्त्री बन्ने अवसर नपाएकाले सुरुवातदेखि नै केपी ओलीको मन्त्रिपरिषद्मा रहेकालाई हटाउनु पर्ने मत नेकपाभित्र अलि बढी नै छ । २ वर्ष पुगेकालाई हटाउने मत पारित भएमा सचिवालय सदस्य ईश्वर पोखरेल, रामबहादुर थापासँगै प्रदीपकुमार ज्ञवाली, गिरिराजमणि पोखरेल, वर्षमान पुन, जगतबहादुर विश्वकर्मा, शक्ति बस्नेत, पद्मकुमारी अर्याल र बीना मगर बिदा हुनेछन् ।

मन्त्री हेरफेर हचुवाको भरमा नभई ठोस मापदण्ड बनाएर हुनुपर्ने मत पनि यसपटक नेकपामा उब्जेको छ । यसअघि लालबाबु पण्डित, गोकर्ण विष्ट र मात्रिका यादवलाई मन्त्रीबाट बिदा गर्दा कारबाही गरेजस्तो देखिन गएकाले त्यस्तो सन्देश प्रवाह हुन नदिन पनि मापदण्ड आवश्यक भएका नेताहरूको भनाइ छ ।

समावेशी बनाउन माग
लि¨ीय, जातीय हिसावले मन्त्रिपरिषद् सन्तुलित र समावेशी नभएको गुनासो पनि यसपटक छ । सरकारको संविधानप्रतिको प्रतिबद्धतामै प्रश्न उठाइएकाले यसपटक मन्त्रिपरिषद् हेरफेर गर्दा यो गुनासोलाई पनि सम्बोधन गर्नुपर्ने अवस्था छ । समावेशीलाई केन्द्रमा राखेर मन्त्रिपरिषद् हेरफेर गर्दा उपयुक्त पात्र छनोट नहुने हुन् कि भन्ने अर्को चिन्ता पनि नेकपामा छ । त्यसैले मन्त्रिपरिषद् हेरफेरअघि रोस्टर तयार पारेर त्यसैअनुसार गर्न पनि नेताहरूलाई सुझाव दिइएको छ ।

आइतबारको बैठकमा के–के भयो ?
आइतबार पहिलो पटक पेरिसडाँडामा बसेको नेकपा सचिवालयको बैठकमा विभिन्न नेताहरूले मन्त्रिपरिषद् पुनर्गठनबारे धारणा राखेका थिए । प्रधानमन्त्री ओलीले राखेका प्रस्तावमाथि बोल्दै प्रचण्डले एकसाथ सबै मन्त्रीलाई हटाउन नहुने धारणा राखेका थिए । बैठकमा सचिवालयका अन्य नेताहरू झलनााथ खनाल, वामदेव गौतम, नारायणकाजी श्रेष्ठलगायतले पनि प्रचण्डकै बोलीमा लोली मिलाएका थिए ।

मन्त्रिपरिषद् हेरफेर गर्न भने प्रचण्डलगायतका नेता पनि राजी भएका छन् । तर क–कसलाई हटाउने र भित्र्याउने भन्ने बारे भने आइतबारको बैठकमा ठोस छलफल हुन् सकेन । बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले मन्त्रिपरिषद् पुनर्गठनबारे सैद्धान्तिक छलफल भएको र निचोड ननिस्केको बताए ।

मन्त्रिपरिषद् पुनर्गठनबारे प्रारम्भिकरुपमा छलफल भएकाले निर्णय हुन् भने अझै केही समय लाग्ने देखिएको छ । नेकपा स्रोतका अनुसार मोडालिटी बन्न समय लाग्ने भएकाले मन्त्रिपरिषद् पुनर्गठन दशैं पछाडि धकेलिनसक्ने सम्भावन छ । यद्यपि, कतिपय मन्त्रालय रिक्त रहेकाले त्यसमा तत्काल मन्त्री पठाउनुपर्ने मत पनि उठेको छ ।

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न
जनप्रभाबन्युज विशेष

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न

1 month पहिले
लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान
जनप्रभाबन्युज विशेष

लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान

2 months पहिले
सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’
जनप्रभाबन्युज विशेष

सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’

2 months पहिले
सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश
जनप्रभाबन्युज विशेष

सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

3 months पहिले
संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले
जनप्रभाबन्युज विशेष

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

4 months पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ
जनप्रभाबन्युज विशेष

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

4 months पहिले

ताजा समाचार

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh