- काठमाडौं ,असोज ४ गते आइतबार ।।
- जनप्रभाब – सम्बादाता
कालिमाटी प्रहरीको घेरा तोडेर हत्कडीसहित चारजना आरोपी भागेको घटना छानविन गर्न प्रहरी सहायक निरिक्षक (असई)लाई निलम्बन गरिएको छ ।आरोपी भागेको बेला ड्युटी अघिकृतको भुमिकामा रहेका प्रसनी विरेन्द्र राय यादवलाई निलम्बन गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता (एसपी) सोमेन्द्र राठौरले रातोपाटीलाई बताए ।शुक्रवार (२ असोज)को विहानीपख चोरी अभियोगमा पक्राउ गरिएका अनिल जैसवाल, सुजित गुप्ता, आशु जैसवाल र रविन्द्र जैसवाल हत्कडी सहित भागेका थिए ।
आरोपीलाई लगाएको एकथान हत्कडी प्रहरी वृत कालिमाटी नजिकैको विष्णुमती खोला किनारामा भेटिएको छ । कालिमाटी क्षेत्रका ‘खुँखार चोर’ भनेर चिनिएका उनीहरु हत्कडीसहित कसरी भागे भन्नेबारे प्रश्न उठेको छ ।
घटना छानविनका लागी महानगरीय प्रहरी कार्यालयका निर्देशनमा काठमाडौं प्रहरीले छानविन समिती बनाउने भएको छ । समिती गठन गरेर त्यसबारे छानविन गरिने महानगरीय प्रहरी कार्यालय रानिपोखरीका एक अधिकृतले बताए ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !