- काठमाडौं ,असोज ४ गते आइतबार ।।
- जनप्रभाब – सम्बादाता
महालेखा नियन्त्रक कार्यालयले २ बर्ष अवधि पुगेका लेखापालहरुको सरुवा नै गर्न सकेकाे छैन । नियम अनुसार त २०७७ भदौभित्र लेखा समूहका कर्मचारीको सरुवा गरिसक्नुपर्छ । तर भदौ बितेकाे ४ दिन हुँदा पनि लेखापालको सरुवा भएको छैन । महालेखा नियन्त्रक गोपी मैनालीकै कारण लेखापालहरुको सरुवा हुन नसकेको समाचार छ ।
आकर्षक कार्यालयमा कार्यरत लेखापालहरु चाहिं सरुवा नभएकोमा खुसी छन् । नेपाली कांग्रेस निकट निजामती कर्मचारी युनियन संघ समर्थक लेखापालहरु अधिकांश आकर्षक कार्यालयमा भएकाले उनीहरु सरुवा नहोस् भन्ने कामना गरिरहेका छन् । त्यही कामनालाई महालेखा नियन्त्रक मैनालीले साथ दिएकाे आराेप कर्मचारीहरूले लगाएका छन् ।
नेकपा निकट निजामती कर्मचारी संगठन समर्थक लेखापाहरु भने सरुवा नहुँदा निराश छन् । संगठन समर्थकहरुमा पार्टी अध्यक्ष केपी ओली समूहको छुट्टै गुट छ, पूर्वमाओवादी निकट राष्ट्रिय कर्मचारी संगठन पार्टी मिले पनि अहिले पनि छुट्टै संगठनका रुपमा क्रियाकलाप गरिरहेकै छ । ओली समर्थकहरुले माधव नेपाल समूहका भनेर कतिपयको सरुवा झन् बिगार्ने काम गर्दैआएको गुनासो पनि आउने गरेको स्राेत बताउछ ।
कर्मचारी स्राेतका अनुसार, नेकपा निकट संगठनको लेखातर्फको सरुवाको जिम्मा लिने काम बरिष्ठ उपाध्यक्ष लेखनाथ कोइरालाले गर्दैआएका छन् । लेखापालको सरुवा रोकिनुमा उनी पनि एक कारकका रुपमा देखिएका छन् । शुक्रराज ट्रपिकल सरुवा रोग अस्पतालमा कार्यरत लेखापाल त्यहीँ थमौती हुन चाहन्छन् ।
कोरोना महामारीमा खरिदमा लाभ लिन पल्किएका उनी त्यो मौका गुम्न नदिन संगठनको बरिष्ठ उपाध्यक्षको पद नै दाउमा लगाउँदै आएकाे आराेप छ । तर बर्षौदेखि त्यहाँ कार्यरत उनलाई त्यहीँ राख्नु नहुने पक्षमा महालेखा नियन्त्रक मैनाली रहेकाे उनी निकट स्राेत बताउछ ।
सरुवा रोग अस्पतालबाट सरुवा भए परराष्ट्र मन्त्रालयमा सरुवा मागेर उनले मैनालीलाई थप अप्ठेरोमा पारेकाे चर्चा पनि छ । कोइरालाले सरुवा रोग अस्पतालमै थमौती गर्नका लागि चर्को दबाब दिने गरेकाे कर्मचारीहरू बताउछन् । नेकपा निकट नेपाल निजामती कर्मचारी युनियनको बरिष्ठ उपाध्यक्ष भएकाले आफ्नो सरुवा नगर्न, गर्नै परेमा परराष्ट्र मन्त्रालयमा हुनुपर्ने भन्ने अड्डी कसेकाे महालेखा नियन्त्रकमा कार्यरत कर्मचारीहरू बताउछन् ।
लेखाको सरुवामा संगठनको तर्फबाट काेइराला आफूले जिम्मा पाएको भन्दै महालेखा नियन्त्रक मैनालीसँग आफ्नो सरुवामा मात्र केन्द्रित भएर प्रस्तुत हुने गरेको आरोप उनीमाथि लाग्ने गरेको छ । उनी नेतागिरी गर्ने र सरुवा रोग अस्पतालमा लेखामा काम गर्नका लागि करारमा सहायक पनि राखेका छन् ।
सरूवाकै किचलाेका बीच महालेखा नियन्त्रक गाेपीनाथ मैनाली सरूवा भएर शिक्षा मन्त्रालयका सचिव बन्न पुगेका छन् । अब सरूवाकाे भुंग्राेमा नयाँ महालेखा नियन्त्रक मधुकुमार मरासिनी पर्ने भएका छन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !