- कपिलवस्तु ,असोज ४ गते आइतबार ।।
- जनप्रभाब – धनी राम कोरी
कपिलवस्तुको महराजगंजमा नेपाल कम्यूनिष्ठ पार्टीले सरकारले गरेको काम जनताको बिचमा लैजाने निर्णय गरेको छ । सरकारको कामको अलोचना भईरहेको बेला सरकारले गरेको राम्रोकाम पनि विभिन्न प्रकारले केरमेट गरि जनतालाई भ्रमित पारेको भन्दै सरकारको काम जनताको बिचमा पुर्याउने निर्णय गरेको नगर कमिटि अध्यक्ष विजय प्रकाश जैसवालले जानकारी दिनु भएको छ ।नेकपा महराजगंजले शनिवार महराजगंजको जानककारी मा.वि.मा बैठक विजय प्रकाश जैसवालको अध्यक्षतामा बसेर निर्णय गरेको छ । प्रत्येबक वडामा कमिटिको बैठक गर्ने, कोरोना रोकथाम तथा नियान्त्रण सम्बन्धी सचेतनामुलक कार्यक्रम गर्ने, सरकारको कामको बारेमा जनतालाई बताउन ५ सदस्यि प्रशिक्षक समिति समेत गठन गरेको कमिटि सचिव शिव गैरेले जानकार िदिनु भएको छ ।त्यस्तै कमिटिको काम र निर्ण प्रकृया छिटोछरितो गर्नकोको लागि १७ सदस्यीय सचिवालय समिति समेत गठन गरेको गैरेले बताउनु भएको छ । विजय प्रकाश जैसवालको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि प्रदेश नं. ५ का समाजिक विकास समितिका सभापति दिर्गनरायाण पाण्डेयको प्रमुख अतिथ्याता रहेको थियो । बैठकमा जिल्ला कमिटि सदस्य मोहम्मद हुसेन र मैराज खान लगायतको उपास्थिति रहेको थियो ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !