न्यायपालिकाले गरेको निर्णय कार्यान्वयन भएन भने नागरिकले न्यायापालिकामा माथिनै विश्वास नगर्न सक्छन्
-
- सिरहा ,असोज ३ गते सनिवार ।।
- जनप्रभाब – सम्बादाता
जिल्ला प्रहरी कार्यालय सिरहाले विभिन्न अपराधमा गरी फरार भएका १३ जनालाई पक्राउ गरेको छ । चालु आर्थिक बर्षको २ महिनामा प्रहरीले विभिन्न मुद्धाको अभियोग लागेका १३ जनालाई पक्राउ गरि कानुनी प्रकृया अनुसार कार्वाही थालेको हो ।
विभिन्न समयमा अपराध गरी फरार भएका १३ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रबक्ता एवम् प्रहरी नायब उपरीक्षक ( डिएसपी ) शालिक राम शर्मा पौडेलले जानकारी दिनु भयो ।
पक्राउ पर्नेहरुमा कतव्र्य ज्यान मुद्दाका – ६ जना, ज.ज.क.का २ जना, सवारी ज्यानका २ जना ,लेन देन विगोका २ जना र अभद्र व्यवहार गरेको १ जना गरि जम्मा १३ जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेका अभियुक्तहरुलाई मुद्धा अनुसार अनुसन्धान प्रकृया अघि बढाईएको डिएसपी पौडेलले जानकारी दिएका छ्न ।
न्यायपालिकाले गरेको निर्णय कार्यान्वयन भएन भने नागरिकले न्यायापालिकामा माथिनै विश्वास नगर्न सक्छन्, अर्कोतर्फ अदालतले दोषी ठहर गरेका अपराधी समाजमा रहँदा आफूले गरेको सजाय कार्यान्वयन नहुँदा राज्य कमजोर छ भन्ने बुझिन्छ । व्यवस्था नै फितलो हुन जान्छ । त्यस्तै अपराध गर्दा पनि केही नहुने रहेछ भन्ने भावनाको विकास उनीहरुमा हुने भएकोले सामाजिक विकृति बढ्न सक्छ,’ उनले भने, ‘ कानुनी राज्यको अनुभूति दिलाउन र समाजमा शान्ति सुव्यवस्था कायम राख्न पनि फारार अभियुक्तलाई पक्राउ गर्न अभियान नै चलाउने गरेका छौं, यसमा सिरहा प्रहरी सफल पनि देखिएको छ ।’
फेसबुकबाट तपाईको प्रतिक्रिया !