- कपिलवस्तु ,असोज ३ गते सनिवार ।।
- जनप्रभाब – धनी राम कोरी
कपिलवस्तु काे बुद्धभुमि नगरपालिका काे गाेरुसिङ्गे मा नेपाल राष्ट्रिय दलित पत्रकार संघ प्रदेश नं ५ का अध्यक्ष चिन्ता परियार काे अध्यक्ष्ातामा कपिलवस्तु शाखा काे समिति गठन भएको छ ।
नेपाल राष्ट्रिय पत्रकार संघ का कपिलवस्तु शाखा का कार्यसमिति मा अध्यक्ष कृष्ण हरिजन , उपाध्यक्ष कल्याणी
खनेल , काेषाध्यक्ष राम शरण काेरी , सचिव विक्रम विश्वकर्मा ,
सह-सचिव भुवेन्द्र सुनार , सदस्य धनी राम काेरी , राज कुमार चमार , शम्भु वि.क र राम बहादुर गन्दर्भ लगायत का पत्रकार हरु लाई पद वाडभाड गरिएको छ ।
रामदेव पासीको संयोजकत्वमा , उजेली बिश्वकर्मा र रामप्रकट कोरी लाई सल्लाहकार मनोनीत गरिएको छ ।
नेपाल राष्ट्रिय पत्रकार संघ का केन्द्रीय अध्यक्ष विनाेद पहाडी ज्यु काे प्रमुख अातिथ्यता मा जिल्ला भेला सम्पन्न भएको छ ।
दलित माथि घटी रहेको घटना र दलित माथि भइरहेको हिंसा जस्तो घटनाहरु लाई उठान गर्न काे लागि याे समिति गठन भएको छ । हाम्रो समुदाय मा भइरहेको घटनालाई जस्ता काे त्यस्तै ऐन जस्तै काम गर्ने संगठन काे काम रहेको छ ।
साे कार्यक्रममा संविधान दिवस काे अवसरमा शुभकामना दिने काम पनि भएको छ । अनि कपिलवस्तु जिल्ला शाखा का पदाधिकारीहरुलाई शुभकामना दिनु भएको थियो ।
कार्यक्रममा कपिलवस्तु जिल्ला का दलित समुदाय भित्र रहेर विभिन्न अनलाइन ,पत्रिका , रेडियो , टिभी जस्तो मिडिया मा काम गर्ने पत्रकारहरु काे उपस्थितिमा रहेको थियोे ।
कार्यक्रममा प्रमुख अातिथ्यता नेपाल राष्ट्रिय दलित पत्रकार संघ का केन्द्रीय अध्यक्ष विनाेद पहाडी , प्रदेश नं ५ का अध्यक्ष चिन्ता परियार , केन्द्रीय सदस्य साेना खटिक , प्रदेश सल्लाहकार सन्जीव गहतराज , दलित अधिकारकर्मी मिना परियार लगायत अन्य व्यक्ति काे उपस्थिति रहेको थियोे ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !