Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

सिरहा कारागारभित्र गम्भीर लापरवाही, ५०७ कैदीबन्दीमा फैलियो कोरोना

  • सिरहा ,असोज ३ गते सनिवार ।।
  • जनप्रभाब – सम्बादाता

कोरोना भाईरस संक्रमणलाई रोक्न नेपालमा चैत ११ देखि लकडाउन सुरु भयो । ‘घरमै बसौं, सुरक्षित रहौं’, ‘साबुन पानीले हात धुऔं, मास्क लगाउ’ जस्ता नाराहरु खुबै व्यापक भयो ।लकडाउनका दौरान सडकहरु सुनसान देखिए ।

घरमै बालबालिकादेखि जेष्ठ नागरिकसम्म कैद भए । नेपालसँगको सिमाहरु सिल गरियो । तरपनि कोरोना भाईरसको संक्रमण देशमा फैलिन थाल्यो । क्वारेनटाईनबाट फैलिदै गएर व्यवास्थापनमा चुकेसँगै समुदाय स्तरमा कोरोनाको फैलावट बढ्यो ।कोरोना संक्रमण रोक्ने जिल्लामा रहेको डिसिसिएमसी ( DCCMC ) को कमजोरीले गर्दा पछिल्लो समय सिरहा जिल्ला देशमा फेरी चर्चाको विन्दुमा पुगेको छ ।

सुरक्षाकर्मी र कारागार प्रशासनको प्रत्यक्ष निगरानीमा जेलभित्र राखिएका कैदीबन्दीमा कोरोना संक्रमणको ह्वातै वढेको छ ।जिल्ला कारागार सिरहामा २ जना आश्रितसँगै ५ सय ९९ जना कैदीबन्दी रहेका छन् । तीमध्ये ५ सय ७ जना कैदीबन्दीमा कोरोना संक्रमित पुष्टि भएको छ ।कोरोना पुष्टि भएसँगै चारैतिरको ठूलो पर्खालको घेराभित्र बस्दै आएका र आफूलाई सुरक्षित महसुस गर्ने कैदीबन्दी यतिखेर सवैभन्दा वढी त्रासमा छन् ।कारागारमा अहिले १८ महिला, २ आश्रित बालबालिका र ४ सय ८७ पुरुषमा कोरोना संक्रमण देखिएको जेलर बबिता महतोले बताएकी छिन् ।

ठूला पर्खालभित्र कसरी फैलियो कोरोना‘घरमै बसौं र सुरक्षित रहौं’ भनिएपनि ठूला पर्खाभित्र बस्ने कैदीबन्दी कसरी कोरोना संक्रमित भए भनेर चर्चाको विषय बनेको छ । गत साउन २६ मा सिरहा कारागारमा रहेका कुनैपनि कैदीबन्दीमा कोरोना संक्रमण देखिएका थिएन् ।१५० जनाको क्षमता रहेको जिल्ला कारागार सिरहामा कैदीबन्दी थपिदै थियो । त्यही क्रममा साउन २६ मा जिल्ला प्रहरी कार्यालय सिरहाले थुनामा रहेका ५ जना जिल्ला अदालत सिरहाको आदेशपछि पुर्पक्षको क्रममा कारागार पुर्याएको थियो । थुनुवा पाँच जनाको पिसिआर जाँचको लागि स्वाब संकलन गरिएपनि रिपोर्ट आएको थिएन ।

उनीहरुलाई पहिले देखि रहेका कैदीवन्दीहरुसँग अलग गरी जेलभित्रै रहेका क्वारेन्टाईनमा राखिएको थियो । क्वारेन्टाईनमा राखिएका ५ जनामध्ये ४ जनाको पिसिआर रिर्पोट पोजेटिभ आएको जेलर महतोले बताईन् ।उनीहरुको कोरोनो पोजेटिभ आएसँगै डिसिसिएमसीले जिलभित्रका अरु कैदीबन्दीको स्वाब संकलन गर्न निर्णयमा पुग्यो । सुरुमा जेलभित्र रहँदै आएका ३० जना कैदीबन्दीको कोरोना परीक्षण गर्न स्वाब संकलन गरिएको थियो । त्यसमध्ये ३ जनामा कोरोना पोजेटिभ देखिएको थियो । यसले जेलभित्र कोरोना संक्रमण वढेको अनुमान गरि सवै कैदीबन्दीलाई कोरोना परीक्षण गर्न स्वाब संकलन कार्य तिव्र भयो । भदौं २१ मा ८० जनाको स्वाब संकलन गरी परीक्षण गर्दा ५९ जनामा पोजेटिभ देखिएको थियो ।त्यसपछि २० महिला र २ आश्रित बालबालिकाको समेत परीक्षण गर्दा १९ जना महिला र २ आश्रित बालबालिकामा समेत कोरोना संक्रमणको रिपोर्ट पोजेटिभ भदौं २४ मा देखियो ।भदौं २५ र २६ मा जेलभित्र रहेका सवैको स्वाब संकलन गरिएको थियो ।

त्यसमध्ये गत मंलवार १४८ जना र वुधवार २५९ जनामा कोरोना संक्रमण भएको पुष्टि भएको छ । प्रादेशिक प्रयोगशाला जनकपुरधाममा गरिएको परीक्षणमा उनीहरुको कोरोना पुष्टिको रिर्पोट आएको जिल्ला स्वास्थ्य प्रमुख कृष्णदेव यादवले बताए । योसँगै जिल्ला कारागारमा रहेका ५९९ जनामध्ये ५०७ जना कैदीबन्दीमा कोरोना संक्रमण पुष्टि भएको प्रमुख यादवले बताए । यता ७ जना कैदीबन्दी कोरोना संक्रमणमुक्त भएका छन् ।जिल्ला कारागारको सुरक्षामा खटिएका सुरक्षाकर्मी र कर्मचारीमा कोरोना संक्रमण नदेखिएको प्रमुख महतोले बताईन् ।कारागारमा थपिएका ४ जना संक्रमित कैदीबन्दीवाटै संक्रमण फैलिएको अनुमान गरेको छ । तर यसवारेमा थप अनुसंधान हुन सकेको छैन् ।यता कारागारमा कैदीबन्दीमध्ये केहीमा मधुमेह, रक्तचाप, दम, मुटु रोग जस्ता समस्या रहेको र उनीहरु औषधि खाइरहेको कारागार प्रमुख महतोले बताईन् । दीर्घ रोगीहरु कारागार प्रशासनले अलगै व्यवस्था गर्न नसकेको भन्दै प्रमुख महतोले चिकित्सक आवश्यकता अनुसार आउने गरेको र नर्सहरुको पालैपालो डिउटी रहेको बताईन् ।प्रदेश २ सरकारले कोरोना विरुद्धको लडाइँका सर्तकता अपनाउन गत आर्थिक वर्षमा २० लाख रुपैयाँ दिएको थियो । कारागार प्रशासनले औषधी, स्यानिटाइजर, मास्क, ग्लोभ्स, साबुन, पीपीई जस्ता सामग्री खरिद गरी खर्च गरेको प्रमुख महतोले बताईन् ।

तर अहिले जोखिम वढेसँगै कारागारमा कैदीबन्दीहरुलाई व्यवस्थापन गर्न कठिनाई भैरहेको उनले थपिन् ।५९९ जनामध्ये ५०७ जनामा संक्रमण भएपछि अरु कैदीबन्दीलाई त्रसित बनाएको छ । कारागारभित्र ठूला पर्खालभित्र घेरिएर बस्नुपर्ने बाध्यता रहेकोले आफूहरुलाई अझैं धेरै जोखिम भएको कैदीबन्दीले बताएका छन् । यता कारागारभित्र कैदीबन्दी आईसोलेसनमा बसेपछि पहिले देखि दिदै आएको खानामा आईसोलेसनको मापदण्ड अनुसार व्यवस्थापन गर्नुपर्छ । तर पूरानै रासन सुविधा अनुसार संक्रमित कैदीबन्दीलाई खानाको व्यवस्थापन भैरहेको प्रमुख महतोले बताईन् ।

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न
जनप्रभाबन्युज विशेष

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न

1 month पहिले
लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान
जनप्रभाबन्युज विशेष

लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान

2 months पहिले
सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’
जनप्रभाबन्युज विशेष

सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’

2 months पहिले
सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश
जनप्रभाबन्युज विशेष

सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

3 months पहिले
संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले
जनप्रभाबन्युज विशेष

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

4 months पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ
जनप्रभाबन्युज विशेष

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

4 months पहिले

ताजा समाचार

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh