Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

चीनबाट ल्याइएका रेल तथा जहाजहरु काम नलाग्‍ने अवस्थामा,भारतबाट नेपाल आइपुग्‍यो रेल

  • जनकपुर,असोज ३ गते सनिवार ।।
  • जनप्रभाब – सम्बादाता

चिनियाँ जहाजका कारण नेपाल वायुसेवा निगम तनावमा परेको छ । विशेषगरी ६ वटा चिनियाँ जहाजले निगमको तनाव बढाएको हो । विगत ५ वर्षदेखि नै निगमले यी सबै जहाज एकैपटक उडाउन सकेन । त्यसैले निगमले चिनियाँ जहाज बोझ बन्दै गएको ठहर गर्दै बिक्री गर्ने निष्कर्षमा पुगेको हो ।

तर, हालको कोरोना भाइरसले नेपालसहित विश्वव्यापी अर्थतन्त्रमा पारेको असरका कारण यी जहाज बिक्री गर्न थप कठिनाइ हुने चिन्ता निगमलाई थपिएको छ । निगमको सञ्‍चालक समितिले आन्तरिक उडानका लागि चिनियाँ जहाज चलाउन नसकिने निष्कर्ष निकाल्दै व्यवस्थापनका लागि संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयलाई प्रस्ताव पठाइसकेको छ ।

सरकारस्तरबाट यी जहाज ल्याइएकाले यसको व्यवस्थापन पनि सरकारको निर्देशन निगमले कुरिरहेको छ । यी जहाज बिक्री गर्न अर्थ मन्त्रालयकोसमेत स्वीकृति लिनुपर्ने छ ।पाँच वर्षदेखि नै ती चिनियाँ विमान चलाउन धेरै प्रयास गरे पनि निगम सफल हुन सकेन । ६ वटामध्ये दुईवटा भन्दा बढी जहाज कहिल्यै उडेनन् । उडान गर्न नसकेर ग्राउन्डमै राखे पनि आर्थिक व्ययभार थपिँदै गएको छ । यसरी चिनियाँ जहाज काम नलगाग्‍ने अवस्थामा त्रिभूवन विमानस्थलको ह्यांगरमा अड्किएका छन् ।

बंगलादेशलाई चिनियाँ रेलको टाउको दुखाईनेपाललाई चिनियाँ जहाजले तनाव दिएजस्तै चिनियाँ रेलले बंगलादेशलाई टाउको दुखाईको विषय बनेको छ । बंगलादेश रेलवेले छोटो दूरीमा यात्रुहरूको लागि छिटो र आरामदायी यात्रा सुनिश्चित गर्न चीनबाट ल्याइएका ‘डेमु ट्रेन’ मार्फत सेवा सुरू गर्‍यो । तर यी रेलहरू अब रेल डिभिजनको लागि बोझ बनेका छन् ।रेल अधिकारीका अनुसार यी डेमु ट्रेनले विगत पाँच वर्षमा १९.४० करोड कमाइ गरे भने यी रेलहरुको खर्च २५ करोड पुगेको छ । आम्दानीभन्दा डेढ गुणा खर्च भएपछि बंगलादेशलाई चिनियाँ रेल टाउको दुखाइको विषय बनेका हुन् ।बंगलादेश रेलवे विभागका अनुसार चीनबाट ल्याइएको डिजेल इलेक्ट्रिक मल्टिपल एकाई (डेमू) का आधा भन्दा बढी ट्रेनहरू प्राविधिक ग्लिचका कारण काम नलाग्‍ने अवस्थामा पुगेका छन् ।

त्यस्ता रेलहरु मर्मत गर्न बंगलादेशको प्राविधिक क्षमता नभएको बंगलादेश रेलवे विभागले जनाएको छ ।डेमू ट्रेनहरू पाँच वर्ष पहिले मात्र चीनबाट ल्याइएको थियो र रेल इञ्जिनियरहरुले अब यी ट्रेनहरुलाई धान्‍न सक्ने अवस्था नभएको बताएका छन् ।बंगलादेश रेलवे इञ्जिनियरिङ विभागले डेमु ट्रेनहरू प्रायः जाडोमा प्रयोग गरिन्छ र तिनीहरू यात्रुहरूलाई छोटो दूरीमा लैजान सक्षम छन् । यद्यपि डेमू रेल छिटो र हल्का यात्राका लागि विदेशमा लोकप्रिय भए पनि बंगलादेशका लागि यो निकै खर्चिलो र धान्‍न नसक्‍ने अवस्था भएको बताएको छ ।

चीनबाट थप आयात गर्ने प्रस्ताव खारेजडिजेल इलेक्ट्रिक मल्टिपल एकाई वा डेमू रेलले बंगलादेशलाई ठूलो संकटमा पारेको निष्कर्षसहित थप आयात गर्ने प्रस्थाव प्रधानमन्त्री शेख हसिनाले खारेज गरिदिएकी छन् । चिनियाँ डेम ट्रेनहरु बंगलादेशमा काम नलाग्‍ने भन्दै उक्त प्रस्ताव खारेज गरेकी हुन् ।बुधवार ढाकामा हसिनाको अध्यक्षतामा राष्ट्रिय आर्थिक परिषद् वा एकनेकको कार्यकारी समितिको बैठकमा थप आयातसम्बन्धी प्रस्तावमा छलफल भएको थियो । “डेमु ट्रेनहरू चलाउन सकिँदैन ।

हामीले केही अन्य रेल आयात गर्नुपर्दछ,” योजना सचिव मो. नुरुल अमीनले बैठकमा भने ।गाजीपुरको बंगबंधु हाईटेक पार्कबाट ढाकासम्म शटल रेलको प्रक्षेपण गर्न डेमू रेल किन्‍ने प्रस्ताव गरिएको बैठकमा उनले यस्तो बताएका हुन् । सचिवका अनुसार “पहिले खरिद गरिएका डेमु रेलहरू यात्रुहरूका लागि काममा आएनन् र तीमध्ये धेरैको बिग्रिएर ग्यारेजमा छन्,” सचिवले भने।प्रधानमन्त्रीले पनि परियोजनाको सुधार र केही अन्य ट्रेनहरूको आयात गर्ने आदेश दिएकी छन् । उनले पनि ढाका-काल्याकोइर अफिस-घण्टाको ट्रेन बिना रोकतोक सञ्‍चालन गर्न आदेश दिएकी छन् ।उनले ढाका-कमिला, अखाउरा-सिल्हट, लाल्मोनीरहट-परबोटिपुर, लकम-चट्टोग्राम र लकम-चन्दपुर मार्गमा डेमु ट्रेन सेवा बन्द गर्न बाध्य भएकोसमेत बताएका छन् । अधिकारीका अनुसार बाँकी १० सेट डेमु ट्रेनहरू ढाका-गाजीपुर, ढाका-नारायणगंज र दिनजपुर-पञ्चागर मार्गहरूमा सञ्चालनमा छन् ।

नेपालमा भारतबाट आइपुग्‍यो रेलनेपालको इतिहासमा दोस्रो रेल्वेको रुपमा सञ्चालन भएको जयनगर (बिहार) देखि जनकपुरसम्म पहिलोपटक ब्रोडगेज लाइन नियमित हुन लागेको छ । न्यारोगेजमा सञ्चालन भइरहेको रेलसेवा बन्द भएको छ वर्षपछि शुक्रबार पहिलोपटक ब्रोडगेज लाइनमा यात्रुवाहक रेल जयनगरबाट जनकपुर आउन थालेको हो ।नेपाली भूमिमा पहिलो पटक विसं १९८४ मा रेल चलेको थियो । तत्कालीन बेलायती सरकारले भारतको रक्सौलदेखि नेपालको अमलेखगन्जसम्म ३९ किलोमिटर रेलवे निर्माण गरी सेवा सञ्चालनमा ल्याएको थियो । उक्त समयमा तराईका यस भेकका मानिसले अमलेखगन्जबाट भीमफेदी हुँदै काठमाडौंसम्म पुग्‍न पैदल यात्रा गर्थे ।

उक्त रेलसेवा विसं २०२२ मा बन्द भयो ।नेपालमा पहिलो रेल सञ्चालन भएको ठीक १० वर्षपछि अर्थात् विसं १९९४ सालमा दोस्रो रेलका रुपमा बिहारको जयनगरबाट जनकपुर हुँदै महोत्तरीको बिजलपुरासम्म ५२ किलोमिटर सञ्चालन भयो । दुवै रेल स्टिम (कोइलाबाट चल्ने) इन्जिनले सञ्चालन भइरहेको थियो ।जयनगर-जनकपुर-बिजलपुरा रेलवे तत्कालीन बेलायती सरकारले नेपाली भूमिबाट जडीबुटी र काठ ओसार्न निर्माण गरेको थियो । उक्त मालवाहक रेलमै कामदार चढ्न डब्बा (बोगी) पनि बनाइएको थियो । यस क्षेत्रका जंगल मासिएपछि सोही रेल यात्रुवाहक रुपमा सञ्चालन हुन थाल्यो ।

सुरुमा कोइलाबाट चल्ने उक्त रेलको इन्जिन फेरेर डिजलबाट चल्ने बनाइयो । ६ वर्ष अघिसम्म धनुषाको दक्षिणी भेगलाई भारतीय बजार जयनगरसँग जोड्न र जिल्लाको पूर्वी क्षेत्रलाई धनुषाको सदरमुकाम जनकपुरसँग जोड्न एकमात्र भरपर्दो साधनका रुपमा उक्त रेलसेवा सञ्चालन भइरहेको थियो ।

Tags: जनकपुरधाम
जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न
जनप्रभाबन्युज विशेष

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न

2 months पहिले
लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान
जनप्रभाबन्युज विशेष

लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान

2 months पहिले
सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’
जनप्रभाबन्युज विशेष

सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’

2 months पहिले
सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश
जनप्रभाबन्युज विशेष

सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

3 months पहिले
संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले
जनप्रभाबन्युज विशेष

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

4 months पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ
जनप्रभाबन्युज विशेष

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

4 months पहिले

ताजा समाचार

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh