- बिरगंज ,असोज २ गते शुक्रबार ।।
- जनप्रभाब – जयकरण यादव
वीश्वब्यापी रुपले फैलिएको नोबेल कोरोना भाईरस महामारीको बेला परवानीपुर चौकी र ट्राफिक प्रहरीको ज्यादती बढेकोले भारतिय गाडीवालाहरुलाई सास्ती पाईरहेको चालकहरुले बताएका छन्।
देशकै ठुलो भन्सार icp वाट प्रत्येक दिन लगभग ५०० देखि १०० हजार सम्म निस्केको ट्रक, कन्टेनरहरु मध्ये अोभर लोड गर्ने गाडीवालाहरु संग ट्राफिक प्रहरी र परवानीपुर रहेको प्रहरीचौकी दुबैलाई मस्ति र नियम कानुन अनुसार हिड्ने गाडिहरुलाइ ट्राफिक र प्रहरी चौकी परवानीपुरले चेक जाचको नाममा सास्ती दिएको भारतिय गाडि चालकहरुले बताएका छन् ।
अाईसिपी भन्सारवाट चेकजाँच भई निस्केको भारतिय गाडिहरु संग परवानीपुर प्रहरी चौकी र ट्राफिक प्रहरीले चेकजाँचको बहानामा छुट्टा छुट्टै रकम असुली गरेको भारतीय गाडि चालकहरुले बताउछन् ।
भारतिय गाडिचालकहरु लाई दर धम्कि देखाई प्रत्येक गाडिसंग २०० सय रुपैया देखि ५०० सय सम्म रुपैया असुली गरिरहेको देखिएको छ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !