- लहान,असोज २ गते शुक्रबार ।।
- जनप्रभाब – समाचारदाता
२३ औं लोहपुरुष वीर गणेशमान सिंह को स्मृति दिवसको अबसरमा श्रद्धाञ्जली कार्यक्रम नेपाली काङ्ग्रेस नगर समितिको कार्यालय लहानले मनाएका छ्न ।
कार्यक्रममा प्रमुख अतिथि जिल्ला सभापति रामचन्द्र यादवले पार्टीमा सहकार्य, मेलमिलाप र एकता को लागि वीर गणेशमान सिंह ले पार्टी सभापति ,प्रधानमन्त्री पद सबै छोडे जसतै म पनि एकताको लागि सभापति पद छोडने आज घोषणा गर्नु भयो ।
कार्यक्रम मा विशिष्ट अतिथि जिल्ला उप सभापति बिशुन साह बनिया,जिल्लाका युवा नेताहरू शैलेन्द्र यादब,देबनाथ यादब,अब्दुल करिम,महेश चौधरी ,फुलेश्वर महतो ,नेबि संघ निबर्तमान केन्द्रिय सह महामन्त्री परमेशवर साह लगाइतको उपस्थिति रहेको थियो। कार्यक्रम नेपाली काङ्ग्रेस नगरसमिती लहान सिराहाका सभापति सुनिल महतोको अध्यक्षता सम्पन्न भएका छन ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !